भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

पानी पर्न थालेसंगै तराइको जनजीप सामान्य बन्दै

पानी पर्न थालेसंगै तराइको जनजीप सामान्य बन्दै

काठमाण्डौ । दुई हप्ताभन्दा लामो समयसम्म चलेको तातो हावाका कारण पश्चिम तराईको जनजीवन प्रभावित भएको थियो तर पानी परेपछि केही राहत मिलेको छ ।
पानी पर्न थालेसँगै पश्चिम तराईमा तापक्रम घटेर राहत मिलेको छ । तातो हावा अर्थात् ‘लू’ चल्न छोडेको छ । पश्चिम तराईका सबैजसो ठाउँमा अधिकतम तापक्रम घट्न थालेको छ । अधिकतम तापक्रम झण्डै १० डिग्री सेल्सियससम्मले घटेको छ ।

सिमराको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसमा झरेको छ भने नेपालगञ्जको ३६ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । गएको १ गते सिमरा र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस थियो । अधिकतम तापक्रम ४० दशमलव ५ डिग्री सेल्सियस रहेको जनकपुरको तापक्रम ३७ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ भने धनगढीको ३७ दशमलव ५, वीरेन्द्रनगरको ३४ र दाङ घोराहीको अधिकतम तापक्रम ३५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।

पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गरेको छैन । तर त्यहाँ अरब सागरमा विकसित भएको बिपरजोय आँधीको प्रभावले केही ठाउँमा हल्का वर्षा गराएको छ भने धेरैजसो ठाउँमा बादल लाग्न थालेको मौसमविद्सले जनाएका छन् । गएको १ गते ३९ दशमलव ५ डिग्री सेल्सियस रहेको दीपायलको अधिकतम तापक्रम ३० दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ ।

भैरहवाको अधिकतम तापक्रम ८ डिग्री सेल्सियसले घटेको छ । गएको १ गते अधिकतम तापक्रम ४३ दशमलव ३ डिग्री सेल्सियस रहेको भैरहवाको तापक्रम ३५ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ ।

 


Thali Mobile Pvt.Ltd.