भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

पानी पर्न थालेसंगै तराइको जनजीप सामान्य बन्दै

पानी पर्न थालेसंगै तराइको जनजीप सामान्य बन्दै

काठमाण्डौ । दुई हप्ताभन्दा लामो समयसम्म चलेको तातो हावाका कारण पश्चिम तराईको जनजीवन प्रभावित भएको थियो तर पानी परेपछि केही राहत मिलेको छ ।
पानी पर्न थालेसँगै पश्चिम तराईमा तापक्रम घटेर राहत मिलेको छ । तातो हावा अर्थात् ‘लू’ चल्न छोडेको छ । पश्चिम तराईका सबैजसो ठाउँमा अधिकतम तापक्रम घट्न थालेको छ । अधिकतम तापक्रम झण्डै १० डिग्री सेल्सियससम्मले घटेको छ ।

सिमराको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसमा झरेको छ भने नेपालगञ्जको ३६ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । गएको १ गते सिमरा र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस थियो । अधिकतम तापक्रम ४० दशमलव ५ डिग्री सेल्सियस रहेको जनकपुरको तापक्रम ३७ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ भने धनगढीको ३७ दशमलव ५, वीरेन्द्रनगरको ३४ र दाङ घोराहीको अधिकतम तापक्रम ३५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।

पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गरेको छैन । तर त्यहाँ अरब सागरमा विकसित भएको बिपरजोय आँधीको प्रभावले केही ठाउँमा हल्का वर्षा गराएको छ भने धेरैजसो ठाउँमा बादल लाग्न थालेको मौसमविद्सले जनाएका छन् । गएको १ गते ३९ दशमलव ५ डिग्री सेल्सियस रहेको दीपायलको अधिकतम तापक्रम ३० दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ ।

भैरहवाको अधिकतम तापक्रम ८ डिग्री सेल्सियसले घटेको छ । गएको १ गते अधिकतम तापक्रम ४३ दशमलव ३ डिग्री सेल्सियस रहेको भैरहवाको तापक्रम ३५ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ ।

 


Thali Mobile Pvt.Ltd.