भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

चुनावको मुखैमा भक्तपुरका मतदानस्थल परिवर्तन

चुनावको मुखैमा भक्तपुरका मतदानस्थल परिवर्तन

भक्तपुर । चुनावको मुखैमा आठ मतदान स्थल परिवर्तन गरिएका छन् । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्तन गरेको जनाइएको छ ।

स्थलगत अध्ययनका आधारमा सिफारिस समितिले सिफारिस गरे बमोजिम परिवर्तन गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदान स्थल परिवर्तन भएका मतदान स्थलमा भक्तपुर नगरपालिकाका तीन, मध्यपुरथिमि नगरपालिकाका तीन र चाँगुनारायण नगरपालिकाका दुई रहेको सूचना अधिकारी भीमबहादुर बिसीले बताए ।

भक्तपुर नगरपालिका–२ को जागृति माध्यमिक विद्यालय खौमाको मतदान स्थललाई जनज्योति पुस्तकालयको नयाँ भवन नःपुखुः, वडा नं ७ को महेश्वरी सत्तल इनाचो मतदान स्थललाई पँम्बो गणेश (खँचा पोखरीसँगै) र वडा नं ९ को नगरपालिका नयाँ भवन मतदान स्थललाई बागेश्वरी माध्यमिक विद्यालय च्याम्हसिंहमा सार्ने बिसीले बताए ।

त्यस्तै मध्यपुरथिमि नगरपालिका १ को उपस्वास्थ्य चौकी मतदान स्थललाई युनिक नेपाल स्कुल, वडा नं ४ दथुटोल परिवार नियोजन क्लिनिक मतदान स्थललाई आदर्श माध्यमिक विद्यालय र वडा नं ५ को नासननी पाटी मतदान स्थललाई सिद्धिकाली मन्दिर परिसरमा सारिएको छ ।

यता चाँगुनारायण नगरपालिका १ सरस्वती मन्दिर पाटी सरस्वतीखेलको मतदान स्थल श्री विनायक सरस्वती आधारभुत विद्यालय र वडा नं ३ को पुरानो गाविस भवन झौखेल मतदान स्थल शहरी स्वास्थ्य केन्द्रमा कायम गरिएको छ ।

मध्यपुरथिमि–४ को दथुटोल परिवार नियोजन क्लिनिक मतदान स्थललाई आदर्श माध्यमिक विद्यालय मतदान स्थलमा गाभिएको छ । यसरी भक्तपुरमा मतदान स्थलको संख्या घटेको छ । यसअघि ७७ मतदान स्थल भएकामा अब ७६ मतदान स्थल कायम गरिएको छ ।

भक्तपुरमा २१९ मतदान केन्द्र रहेका छन् । ३३ मतदान स्थलको नाम र ठेगानामा भएको त्रुटी सच्याएर नयाँ कायम गरेको विसीले बताए ।

त्रुटी सच्याएका मतदान स्थलमा भक्तपुर नगरपालिकाको एक, चाँगुनारायण नगरपालिकाका ६, सूर्यविनायक नगरपालिकाका २२ र मध्यपुरथिमि नगरपालिकाका चार छन् ।

 


Thali Mobile Pvt.Ltd.