भर्खरै : Sorry, your browser does not support inline SVG.

चुहावट नियन्त्रणबाट भक्तपुर वितरण केन्द्रले एक करोड ४० लाख ८६ हजार असुल्यो

चुहावट नियन्त्रणबाट भक्तपुर वितरण केन्द्रले एक करोड ४० लाख ८६ हजार असुल्यो

२१ साउन २०७७ भक्तपुर । नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले लकडाउन अवधिमा विद्युत चोरी गर्नेलाई कारबाही गरी एक करोड ४० लाख ८६ हजार दुई सय १४ रुपैयाँ असुल गरेको छ । वितरण केन्द्रले आ.व. २०७६/०७७ हालसम्मको अवधिमा ३ सय ७६ जनालाई कारबाही गरेको हो ।

विद्युत चुहावट नियन्त्रणलाई तीव्रगतिमा अघि बढाएको भन्दै गत आ.व.मा १३.०६ प्रतिशत चूहावट नियन्त्रण गर्दा ९.७५ प्रतिशत लक्ष्य राखेको थियो । यस आर्थिक वर्षमा लकडाउनको कठिन परिस्थिति हुँदा हुँदै पनि विद्युत चुहावटलाई ७.९७% मा राख्न सफल भएको केन्द्रका प्रमुख राजकुमार रमणले बताए ।

केन्द्रले आर्थिक वर्ष २०७५/०७६ मा १३.०६ प्रतिशत रहेको विद्युत चुहावट चालु आर्थिक वर्षमा ७.९७ प्रतिशतमा झारेर रेकर्ड राख्न सफल भएको हो । गत आर्थिक वर्षको लक्ष्य भन्दा ६ प्रतिशत बढी विद्युत चुहावट नियन्त्रण गर्नमा भक्तपुरवासी, केन्द्रका सम्पूर्ण कर्मचारी, वुद्धिजीवि, नागरिकसमाज, पत्रकारलगायत सबैको पहलमा सफल भएको केन्द्रका प्रमुख रमणले दावी गरे ।

आर्थिक वर्ष २०७५ ०७६ मा चुहावट १३.०६ % थियो’, उनले भने, त्यसैले आर्थिक वर्ष २०७६/०७७ मा लक्ष्य ७ प्रतिशतमा झार्न  सफल भयौं । केन्द्रका प्रमुख राजकुमार रमणले भक्तपुरमा निरन्तर विद्युतको माग बढ्दासमेत चुहावट नियन्त्रणलाई निरन्तरता दिइएकाले चुहावट नियन्त्रण गर्न सफलता हासिल भएको बताए ।

याे अवधिमा गरिएका मुख्य कार्य :

  • वितरण केन्द्रले ग्राहकको सिरियल नम्वर सिस्टममा नभएका २८ हजार मिटरहरुको यो आर्थिक वर्षमा एम पावर बिलिङ्ग सिस्टममा प्रबिष्ट गर्न सफल भएको छ ।
  • क्यू म्यानेजमेन्ट सिस्टम शुरु गरिएको छ । एकद्धार प्रणाली लागु गरिएको छ ।
  • बिनियोजित बजेटको परिधि भित्र रहि यस आर्थिक वर्षमा संभार खर्च संचालन गरिएको छ । कार्यालय भवन रंगरोगन तथा सरसफाई कार्यलाई चुस्त, दुरुस्त गरिएको छ ।
  • कार्यालय हाता भित्र शौचालयको पूनःनिर्माण गरिएको छ । कार्यालय परिसरमा ‘वाटर डिस्पेन्सर’ राखी तातो, चिसो खानेपानीको व्यवस्था गरिएको छ ।

कार्यक्षेत्र :
भक्तपुर, सूर्यबिनायक, चाँगुनारायण नगरपालिका, पनौती नगरपालिका तथा मण्डन देउपुर नगरपालिकाका केहि भाग कार्यक्षेत्र रहेको वितरण केन्द्रले १ हजार ७ सय ७९ थान सिङ्गल फेज, ९९ थान थ्रि फेज, २२ थान टिओडि नयाँ मिटर जडान गरेको जानकारी दिएको छ । त्यसैगरी ६ सय ४२ थान सिङ्गल फेज, ३९ थान थ्रि फेज र ७ थान टिओडि मिटर बदली गरेको छ ।

३३३.२१ कि.मि.लाईन बितरण भएकोमा १६१.०१ कि.मि. प्रशारण रहेको प्रमुख रमणले बताए । ने.बि.प्रामा २ सय ५९ वटा र २०३ वटा नीजि क्षेत्रलाई ट्रान्सफरमर बितरण गरिएको छ । साविक कटुन्जे र नगरकोट फिडरलाई यस आर्थिक वर्षमा सूर्यबिनायक फिडरमा थप गरिएको केन्द्रले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.