विश्वव्यापी महामारीको रुपमा फैल्दै गऐको नोभल कोराना भाइरस ( कोभिड १९ ) संक्रमणको जोखिमबाट बच्न २०७७ साउन २१ गते बुधबार (नोभल) कोराना कोभिड १९ रोग रोक्रथाम तथा नियन्त्रण बेलवारी नगर समन्वय समितिको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो ।
बैठकले बेलबारी नगरपालिका क्षेत्र भित्र कोरोना रोग फैलिन नदिन यस्तो निर्णय गरेको नगरपालिकाले जनाएको छ । कोभिड १९ समुदाय स्तरमै फैलिएको र दिन प्रति दिन संक्रमितको संख्या बढ्दै गऐका कारण बेलबारी नगरपालिकाले समुदाय स्तरमा कोभिड ( १९ को रोक्रथाम गर्ने उदेश्यले साउन २२ गते बाट बन्दाबन्दी गर्ने गरेको जनाएको छ ।
नगरपालिकाले नगरक्षेत्रका बासिन्दालाई कोरोना रोगबाट जोगाउन यस्तो निर्णय गर्नु परेको नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
