भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

‘पहिरोले बनायो मानवविहीन गाउँ’

‘पहिरोले बनायो मानवविहीन गाउँ’

२२ साउन २०७७ म्याग्दी । धौलागिरि गाउँपालिका–६ कल्लेनी गाउँलाई पहिरोले मानवविहीन बनाएको छ । माख्लाको भिरबाट खसेको पहिरोका कारण कल्लेनीवासीले गाउँ छाडेका हुन् ।

असार २७ गते घर छोडेर शिवाङको हेम माविमा गएर बसेका उनीहरु अझै गाउँ फर्कन सकेका छैनन् । स्थानीय रत्नप्रसाद पुनका अनुसार वरिपरि पहिरोले घेरेर गाउँ नै उराठलाग्दो बनाएको छ । गाउँ नै अहिले मानवविहीन भएको उनको भनाई छ ।

२८ परिवारका ५० जनाभन्दा बढी एक महिनादेखि विद्यालय भवनमा बस्दै आएका छन् । पहिरोले गाउँ फर्कने अवस्था नभएपछि घरमा पालिएका बाख्रा, कुखुरा, गाई, भैँसी बेचेका छन् । पाकेको मकैबाली भित्र्याउन र बारीमा लगाएको कोदो गोड्न नपाएको स्थानीयले बताएका छन् ।RSS

 


Thali Mobile Pvt.Ltd.