भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

छिप्रा गाउँमा मकै उत्पादनमा कमी

छिप्रा गाउँमा मकै उत्पादनमा कमी

सिमकोट, । जिल्लाको खार्पुनाथ गाउँपालिकामा यस वर्ष मकै उत्पादनमा कमी भएको छ । योसँगै खार्पुनाथ –४ छिप्रा गाउँका महिलाको मुख्य आम्दानीमा कमी आएको छ । समयमै पानी नपर्नाका साथै खेतमा लगाएको मकैमा किरा लागेका कारण उत्पादनमा कमी भएको यहाँका महिलाले गुनासो गरेका छन् । गत वर्षका तुलनामा यो पटक उत्पादनमा कमी आएको हो । गत जेठ महिना खेतमा छर्किएको मकै कात्तिक महिना घर भित्र्याउँदाको समय उत्पादनमा ह्रास आएको स्थानीयवासी हिरउली रावतले गुनासो गरिन् ।

। मकैलाई पुग्ने गरी पानी नआउनाका साथै खेतमा विभिन्न खाले किराले खाएका कारण उत्पादन कम भएको उनले बताइन् । आफ्नो मात्रै नभएर गाउँभरिका किसानले खेतमा लगाएको मकै यस वर्ष उत्पादनमा कमी आएको हो । गत वर्षका तुलनामा यो वर्ष उत्पादनमा कमी आएको अर्का स्थानीयवासी जसपुरी रावलले गुनासो गरिन् । पानीको अभावका कारणले गर्दा मकैका बोटमा विभिन्न किसिमका डडुवा, ध्वाँसेजस्ता रोगहरू लागेको छ ।

उत्पादनमा कमी आएसँगै यहाँका किसान चिन्तित बनेका छन् । यस पटक उत्पादनमा कमी आउँदा अर्को वर्षका लागि बीउ जोगाउनसमेत मुस्किल भएको जसपुरी रावतले बताइन्। उत्पादनमा कमी हुँदा आम्दानीको स्रोत घटेको उनले जानकारी दिइन् । उनले भनिन्, “विगतमा हामीले एक केजी मकैको रु एक सयमा बिक्री गथ्र्यौँ तर यो वर्ष उत्पादन नभएर आम्दानीसमेत शून्य भएको छ ।

विगतका वर्षहरुमा उत्पादन राम्रो हुँदा घोडा, खच्चड व्यवसायीहरुलाई बिक्री गरिएको थियो । यस वर्ष बीउ जोगाउनसमेत मुस्किल भएको छ ” उनले भनिन् । मकै उत्पादन राम्रो हुँदा उनीहरुले बिक्री गरेर खर्च चलाउने गरेका थिए । महिलाका लागि मकै उत्पादन आम्दानीको एक मुख्य स्रोत रहेको भए पनि यो वर्ष आम्दानी शून्य भएको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.