भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

छिप्रा गाउँमा मकै उत्पादनमा कमी

छिप्रा गाउँमा मकै उत्पादनमा कमी

सिमकोट, । जिल्लाको खार्पुनाथ गाउँपालिकामा यस वर्ष मकै उत्पादनमा कमी भएको छ । योसँगै खार्पुनाथ –४ छिप्रा गाउँका महिलाको मुख्य आम्दानीमा कमी आएको छ । समयमै पानी नपर्नाका साथै खेतमा लगाएको मकैमा किरा लागेका कारण उत्पादनमा कमी भएको यहाँका महिलाले गुनासो गरेका छन् । गत वर्षका तुलनामा यो पटक उत्पादनमा कमी आएको हो । गत जेठ महिना खेतमा छर्किएको मकै कात्तिक महिना घर भित्र्याउँदाको समय उत्पादनमा ह्रास आएको स्थानीयवासी हिरउली रावतले गुनासो गरिन् ।

। मकैलाई पुग्ने गरी पानी नआउनाका साथै खेतमा विभिन्न खाले किराले खाएका कारण उत्पादन कम भएको उनले बताइन् । आफ्नो मात्रै नभएर गाउँभरिका किसानले खेतमा लगाएको मकै यस वर्ष उत्पादनमा कमी आएको हो । गत वर्षका तुलनामा यो वर्ष उत्पादनमा कमी आएको अर्का स्थानीयवासी जसपुरी रावलले गुनासो गरिन् । पानीको अभावका कारणले गर्दा मकैका बोटमा विभिन्न किसिमका डडुवा, ध्वाँसेजस्ता रोगहरू लागेको छ ।

उत्पादनमा कमी आएसँगै यहाँका किसान चिन्तित बनेका छन् । यस पटक उत्पादनमा कमी आउँदा अर्को वर्षका लागि बीउ जोगाउनसमेत मुस्किल भएको जसपुरी रावतले बताइन्। उत्पादनमा कमी हुँदा आम्दानीको स्रोत घटेको उनले जानकारी दिइन् । उनले भनिन्, “विगतमा हामीले एक केजी मकैको रु एक सयमा बिक्री गथ्र्यौँ तर यो वर्ष उत्पादन नभएर आम्दानीसमेत शून्य भएको छ ।

विगतका वर्षहरुमा उत्पादन राम्रो हुँदा घोडा, खच्चड व्यवसायीहरुलाई बिक्री गरिएको थियो । यस वर्ष बीउ जोगाउनसमेत मुस्किल भएको छ ” उनले भनिन् । मकै उत्पादन राम्रो हुँदा उनीहरुले बिक्री गरेर खर्च चलाउने गरेका थिए । महिलाका लागि मकै उत्पादन आम्दानीको एक मुख्य स्रोत रहेको भए पनि यो वर्ष आम्दानी शून्य भएको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.