भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

छेपाडी गाउँमा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दैलेख, ।  नेपाल मजदुर किसान आठबीस नगरपालिका नौ नम्बर वडा समितिको आयोजनामा छेपाडी गाउँमा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हिजो श्रावण १४ गते सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टी जिल्ला समिति सदस्य का. धनबहादुर सिजापतिले जस्तोसुकै विषम परिस्थितिमा पनि पार्टीको नीति र उद्देश्य अनुसार काम गर्न कार्यकर्ताहरु तल्लीन रहनु पर्छ भन्नु भयो ।

आठबीस नगर समितिका अध्यक्ष का. जयबहादुर बडुवालले राजनीतिक दलका नेताहरु जनताप्रति उत्तरदायी नबन्दा जनताले विषम परिस्थितिको सामना गर्नु पर्ने बताउनु भयो । वहाँले कोरोनाको कहर र नेपालका पूँजीवादी राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको पद र पैसाका लागि मरिहत्ते गर्ने व्यवहारले तिनीहरु जनताप्रति उत्तरदायी छैनन भन्ने प्रमाणित गरेको स्पष्ट गर्नु भयो ।

आठबीस नगर समितिको मिति २०७८ श्रावण २ गते राकमकर्णालीमा बसेको बैठकले श्रावण १४ गतेदेखि २४ गते सम्म नगरका विभिन्न स्थानहरुमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरे अनुसार आयोजना गरिएको कार्यक्रममा नगर कार्यपालिका सदस्य का. कलम बडुवाल, पार्टीको ७ नं. वडा समितिका अध्यक्ष का. रणबहादुर कठायत, ९ नं. वडा समितिका उपाध्यक्ष का. विष्णुबहादुर कठायत, नेक्राशिसंघ नगर समितिका अध्यक्ष का. कलमबहादुर सजिापति, नेक्राशिसंघ दैलेख जिल्ला समितिका सदस्य द्वय का. दलबहादुर सिजापति र का. टेकबहादुर सिजापति, नेक्रायुसंघको नगर समितिका सचिव का. नवीनकुमार सिजापति र पार्टीका कार्यकर्ता का. कृष्णबहादुर बडुवालले मन्तव्य दिएका थिए ।

पार्टीको ९ नम्बर वडा समिति अध्यक्ष का. तेजबहादुर सिजापतिको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत समितिका सदस्य का. कटकबहादुर विश्वकर्माले गर्नु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.