जग्गा तथा आवास विकास संघको साधारण सभाबाट अध्यक्ष वाग्लेसहित सबै सदस्य निर्विरोध निर्वाचित

जग्गा तथा आवास विकास संघको साधारण सभाबाट अध्यक्ष वाग्लेसहित सबै सदस्य निर्विरोध निर्वाचित

काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास संघको १४ औं साधारण सभाबाट अध्यक्षमा ईच्छाबहादुर वाग्ले निर्विरोध निर्वाचित भएका छन् । बुधवार सम्पन्न संघको साधारण सभाले नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा प्रोपर्टी डिलर्स प्रालिका वाग्लेलाई दुई वर्षका लागि निर्वाचित गरेको हो ।

पौष २२ गते मेरियट होटेल नक्साल काठमाडौंमा सम्पन्न साधारणसभाबाट अध्यक्षसहित ७ पदाधिकारी र ७ जना सदस्य सबै निर्विरोध निर्वाचित गरेको ए. आर. ल्याण्ड डेभलपर्स एण्ड सर्भिस प्रालिका रामसुन्दर बकेले बताए ।

ktmनवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा एस.बी. कम्पनी प्रालिका विदुर धमला, द्वितीय उपाध्यक्षमा सी. डी. डेभलपर्स प्रालिका दिपक कुवँर, तृतीय उपाध्यक्षमा वागमती प्रोपर्टी डिलर्स प्रालिका भेषराज लोहनी, महासचिवमा कन्टिनेन्टल डेभलपर्स प्रालिका पुरुषोत्तम पौड्याल, सचिवमा निलगिरी हाउजिङ्ग प्रालिका गोविन्द प्रसाद लोहनी र कोषाध्यक्षमा अधिकारी बिल्डर्स प्रालिका तुलसी प्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

संघको कार्यसमिति सदस्यमा सनराईज डेभलपर्स प्रालिका सुमित कुमार अग्रवाल, क्लीन डेभलपर्स प्रालिका आशिष गर्ग, लभ्ली हाउजिङ्ग प्रालिका बहादुरकृष्ण ताम्राकार, आई. एम. एस. डेभलपर्सका दीपककुमार मलहोत्रा, बृहत इन्भेष्टमेण्ट प्रालिका पूर्णिमा राजभण्डारी, ए. आर. ल्याण्ड डेभलपर्स एण्ड सर्भिस प्रालि तथा होटेल हाईल्याण्ड रिर्सोट रानीकोटका संचालक रामसुन्दर बके र इस्टेट गुरु प्रालिका रोशन भोयद्यो निर्विरोध निर्वाचित भएका छन् ।

घरजग्गा व्यवसायले देशको आर्थिक हिस्सामा ठूलो टेवा पुर्याउँदै आएको भए तापनि राज्यले व्यवसायीलाई उपेक्षित गरेको गुनासो साधारणसभाको उद्घाटन गर्दै संघका निर्वतमान अध्यक्ष मिनमान श्रेष्ठले बताए । सबल, सुदृढ र प्रतिष्ठित संस्थाको रुपमा स्थापित गर्न दत्तचित्त भई सबै सबै नवनिर्वाचित सदस्यले व्यवसायीको हकहितको लागि निरन्तररुपमा लाग्नु पेर्न बताए । सस्थाको अस्तित्व आपसी सहयोग, सम्न्वय, एकता र सद्भावले मात्र सम्भव हने भएकाले फुटेर होईन, जुटेर लाग्नु पर्ने बताए ।

व्यवसायीको सामुहिक हितका लागि कार्यगर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिए । देशमा विगतका अस्थिर सरकारका कारण व्यवसायीहरुले धेरै कठिन परिस्थितिको सामना गर्नु परेका र अहिले कोरोना कहरले झन ठूलो समस्या निम्त्याएको जिकिर गरे । सभामा संघको कार्य समितिका पूर्वपदाधिकारी तथा सदस्यहरु, सस्थापक, आजीवन तथा साधारण सदस्य संचारकर्मी लगायतका व्यत्तित्वको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापन लगतै अध्यक्ष वाग्लेको अध्यक्षतामा बसेको नयाँ कार्य समिति बैठकले सुरजनारायण जोशी र दीपक खनाललाई कार्य समितिको सदस्यमा मनोनयन गरेको छ । सभामा संघका पूर्व पदाधिकारी बुद्धिनारायण श्रेष्ठले नव निर्वाचित पदाधिकारीलाई सफल्ताको शुभकामना दिँदै नयाँ कार्य समितिलाई प्रमापत्र प्रदान गरे ।

संघमा आबद्ध सबै व्यवसायीहरुको हक हितका लागि अहोरात्र खटेर कार्य गर्नुपर्ने बताए । साथै पूर्व पदाधिकारी बुद्धिनारायण श्रेष्ठ, ईच्छाराज तामाङ्ग, दिलविकास राजभण्डारी, प्रकाश आचार्य, ओम राजभण्डारी र कालु गुरुङ्ग रहेको एडभाईजरी ग्रुप समेत गठन गर्नुका साथै सोही बैठकले संघका सदस्य उद्धवकुमार केसीको संयोजकत्वमा नीति निर्माण तथा योजना तर्जुमा समिति समेत गठन गरेको छ ।

हेरौं अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि अध्यक्ष वाग्लेले के भने…

यस अधि नेपाल जग्गा तथा आवास विकास संघले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग संकलन गरी ३१ लाख सरकारको राहत हस्तान्तरण गरेको थियो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.