भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

जनताका काम द्रुतगतिमा गर्नुपर्छ– सामान्य प्रशासनमन्त्री मोदी

जनताका काम द्रुतगतिमा गर्नुपर्छ– सामान्य प्रशासनमन्त्री मोदी

विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुलुकमा सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीले जनताका काम द्रुतगतिमा गर्नुपर्ने बताउनुभएको छ ।जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा कार्यालय प्रमुखहरूलाई आज उहाँले निर्देशन दिँदै सुशासन कायम गर्न भ्रष्टाचारमुक्त बनाउने धारणा राख्नुभयो । उहाँले भ्रष्टाचारमा शून्यसहनशीलता अपनाउने भन्दै कर्मचारीहरूले बिचौलियाको माध्यमबाट काम गरिरहेको गुनासो सुनिए पनि मेरो अवधिमा त्यस्तो सुन्न नपरोस् भन्नुभयो । मन्त्री मोदीले निर्देशन दिँदै जनताका आशाका केन्द्र रहेको वर्तमान सरकारको नीति तथा कार्यक्रमलाई आधार मानेर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले सुगममा काम गर्ने कर्मचारीलाई दुर्गम र दुर्गममा काम गर्ने कर्मचारीलाई सुगममा पठाउने भन्दै बरण्डामा बस्ने र घाम तापेर बस्ने कर्मचारीहरूलाई काममा लगाइने धारणा राख्नुभयो । मन्त्री मोदीले कार्यालयको निर्धारित समयमै कर्मचारीहरू हाजिर भई काम गर्नुपर्ने निर्देशनसँगै कार्यालयको शौचालय र सरसफाइमा विशेष ध्यान दिनुपर्ने भन्नुभयो ।

उहाँले कर्मचारीहरूलाई भ्रष्टाचारमुक्त हुन र सुशासन कायम राख्न निर्देशन दिँदै कसैको प्रभावमा नपरी सरकारप्रति उत्तरदायी भएर काम गर्न आग्रह गर्नुभयो । मन्त्री मोदीले स्थानीय तहका कर्मचारीको विषयमा व्यापक गुनासो आइरहेको यस सन्दर्भमा अनुसन्धान एवं अध्ययन भइरहेको भन्दै सङ्घीय निजामती ऐन ल्याउन प्रधानमन्त्रीबाट निर्देशन भइसकेको जानकारी दिनुभयो । उहाँले सङ्घीय निजामती ऐनका सन्दर्भमा पूर्वप्रधानमन्त्रीसँग पनि छलफल भइरहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जिल्ला वस्तुस्थितिका बारेमा जानकारी दिँदै जनतालाई सहज ढङ्गले सेवा प्रवाह हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रजिअ भट्टराईले राष्ट्रसेवक कर्मचारीहरू कानूनको परिधिभित्र रहेर काम गर्नुपर्ने भन्दै जनतालाई अनुभूति दिलाउने किसिमको काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.