जलजला अध्यक्ष बन्न काँग्रेसमा १७ आकांक्षी

जलजला अध्यक्ष बन्न काँग्रेसमा १७ आकांक्षी

पर्वत । जलजला गाउँपालिकाको अध्यक्ष बन्न नेपाली काँग्रेसबाट मात्रै १७ जना आकांक्षी देखिएका छन् ।

उम्मेदवार चयन गर्न भन्दै नेपाली काँग्रेस जलजला गाउँपालिकाले पालिका कार्यसमितिको बैठकमा इच्छुक सबैलाई आउन आह्वान गरेपछि १७ जना आकांक्षीले नाम टिपाए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा जलजला गाउँपालिकामा नेपाली काँग्रेसले जीत हात पारेको थियो। पाँच वर्षको अवधिमा गाउँपालिकाले विकासका गतिविधि सन्तोषजनक ढंगले अघि बढाएका कारण

यस पटक पनि जित्न सक्ने अनुमान सहित आकंक्षीको संख्या १७ पुगेको गाउँपालिकाका पार्टी सचिव नवीन जिसीले बताए ।

 


Thali Mobile Pvt.Ltd.