भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

गण्डकी । पिजी रियल स्टेट एण्ड जब लिङक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिव्यक्ति रु दुई हजार ५०० का दरले रकम उठाएर काममा नलगाई ठगी गरेको भन्ने जाहेरीका आधारमा स्याङ्जा, फेदीखोला गाउँपालिका–४ स्थायी घर भई हाल कास्की, पोखरा महानगरपालिका–२७ तालचोक बस्ने कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

निजलाई यही भदौ २५ गते पक्राउ गरी ठगी आपराधिक लाभ, विश्वासघात मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.