जाजरकोटका युवा दुबैमा अलपत्र, उद्धार गरिदिन अपिल

जाजरकोटका युवा दुबैमा अलपत्र, उद्धार गरिदिन अपिल

काठमाडौं । जुनीचाँदे गाउँपालिका जाजरकोटका पाँच जना लगायत दुबैमा १६ जना अलपत्रपरेकाले उद्धार गरिदिन आग्रह गरेका छन् ।

जुनीचाँदे वडा नं. १ गजलपाखाका प्रकाश बुढा, चक्र परियार, बडा नं. ४ लुहादहका बलु खड्कालगायत अन्य जिल्लाका गरि १६ जना अलपत्रपरेको र उनीहरुलाई चार महिना देखि सम्पर्कमा पनि आउन नदिएको बताइएको छ ।

यता म्यानपावर कम्पनी र दुबै पठाउने दलालले फोन नम्बर समेत अफ गरेर बसेको बलु खड्काले कैलाश खबरलाइ बताए । उद्धार गरिदिन भन्दै आफ्नो अवस्था वारे भिडियो समेत सार्वजनीक गरेका छन् ।

हेर्नुहोस भिडियो…

 

 


Thali Mobile Pvt.Ltd.