भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

जापानलाई पराजित गर्दै नेपाल विजयी

जापानलाई पराजित गर्दै नेपाल विजयी

काठमाडौं । जापानलाई पराजित गर्दै नेपाल विजयी भएको छ । अन्तिम खेलमा ६७ रनले हराउँदै नेपाल विजयी भएको हो । हङकङमा जारी महिला टि–२० आई सिरिज अन्तर्गत निर्धारित ओभरमा नेपालले ११४ रनको लक्ष्य दिएको थियो ।

लक्ष्य पछ्याउने क्रममा जापानले ४६ रन बनाउँदै अल आउट भयो । जापानका लागि सेरिका सुमीले १३ रन र मेगा ओगावाले १७ रन बनाइन् । अन्यले दोहोरो रनको अंक बनाउन सकेनन् ।नेपालका लागि अस्मिना कर्माचार्यले ४ विकेट, संगिता राईले ३ विकेट र पूजा महतो २ विकेट लिएकी हुन् ।

टस जितेर जापानले पहिले फिल्डिङ रोजेको थियो । यस अगाडि नेपालका लागि पूर्वकप्तान रुविना क्षेत्रीले ३२ बलमा सर्वाधिक ३८ रन बनाइन् । त्यसैगरी कप्तान इन्दु बर्माले ३१ बलमा २७ रन, काजल श्रेष्ठले ७ बलमा १५ रन, पूजा महतोले २९ बलमा १३ रन, सीता रानामगरले २० बलमा ९ रन र १ बलमा अस्मिना कर्मचार्यले १ रनको योगदान गरिन् ।

चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपाल र जापान दुबै देश दुई खेलमा पराजित भइसकेका छन् । उनीहरु जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् भने तान्जानिया र हङकङले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित ९ विकेटले पराजित भएको थियो । महिला टि–२० सिरिजमा घरेलु टोली हङकङसहित नेपाल, तान्जानिया र जापान सहभागी भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.