भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

महेश बस्नेतको वडाबाट रास्वपाले सुरू गर्याे घरदैलो अभियान

महेश बस्नेतको वडाबाट रास्वपाले सुरू गर्याे घरदैलो अभियान

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आजदेखि घरदैलो कार्यक्रम सुरु गरेका छन् । निर्वाचन भएको एक वर्षको अवसरमा आजदेखि तीन दिनसम्म घरदैलो कार्यक्रम गर्न लागेको रास्वपाले जनाएको छ ।

अभियानको क्रममा जनताका सुझाव र गुनासा सुन्ने सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्ने उनको भनाइ छ । समानुपातिक तर्फकाले भने आफ्नो जिल्ला केन्द्रित भएर कार्यक्रम तय गरेका छन् ।

यसैबीच यता भक्तपुरमा भने विहान ७ बजेबाट एमाले पोलिटव्यूरो सदस्य तथा पर्व मन्त्री महेश बस्नेतको वडाबाट रास्वपाले अभियान थालेको छ । सूर्यविनायक नगरपालिका वडा नं. ७ बाट अभियान थालिएको रास्वपा भक्तपुरले जानकारी दिएको हो ।

गुण्डु चोकमा भेला भई अभियान थालिएको छ । सूर्यविनायक एमालेको पकड क्षेत्र मानिएको हो । गुण्डु क्षेत्र एमाले युवा नेता महेश वस्नेतको बसोबास क्षेत्र पनि हो । त्यही वडाबाट जनतालाई कुरा होइन, जनताको कुरा सुन्न घरदैलो सुरु गरिएको एक नेताले बताए ।

 


Thali Mobile Pvt.Ltd.