नयाँदिल्ली । भारतीय अर्थतन्त्र २३.९ प्रतिशतले खुम्चिएको छ । कोरोना महामारीका कारण विगत ४० वर्षयता पहिलो पटक भारतीय अर्थतन्त्रमा यतिधेरै गिरावट आएको हो ।
भारतले सार्वजनिक गरेको विवरणमा उपभोग्य मागमा कमी आउनुका साथै निजी लगानी समेत खुम्चिएको छ । व्यापार, होटल, यातायात र संचार क्षेत्रमा ४७ प्रतिशत गिरावट आएको तथा औद्योगिक उत्पादनमा करिब ३९.३ प्रतिशतले कमी आएको छ ।
निर्माण क्षेत्रमा ५० प्रतिशतले घटेको छ । भारत सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन अर्बौं डलरको राहत प्याकेज, सुधार र व्याजदर कटौती गरेका छ ।
