भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

जिससका लागि दाङमा कांग्रेसको एकल बहुमत

जिससका लागि दाङमा कांग्रेसको एकल बहुमत

तुलसीपुर । दाङमा जिल्ला समन्वय समिति गठनका लागि कांग्रेसको स्पष्ट बहुमत आएको छ । स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि दाङबाट २० प्रमुख र उपप्रमुख छन् । दश स्थानीय तहमध्ये दाङमा नौवटा स्थानीय तहका प्रमुख र उपप्रमुखले अन्तिम नतिजा ल्याएर पदभार ग्रहण गरिसकेका छन् । तुलसीपुर उपमहानगरपालिकामा भने मतगणना जारी छ ।

नतिजा आएका नौ स्थानीय तहबाटै जिल्ला समन्वय समितिमा कांग्रेसको स्पस्ट बहुमत देखिएको हो । कांग्रेसले नौ स्थानीय तहमध्ये पाँच प्रमुख र आठ उपप्रमुखमा विजयी हासिल गरेको छ । एघार जना मतदाता भए बहुमत पुग्नेमा कांग्रेसले मात्रै १३ प्रमुख, उपप्रमुख जितिसकेको छ । लमही नगरपालिकासहित दङ्गीशरण, शान्तिनगर, बबई र राजपुर गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको कांग्रेसले राप्ती, बङ्गलाचुली र गढवामा उपप्रमुखमात्रै जितेको हो ।

एमालेले दुई प्रमुख र उपप्रमुख जितेको छ घोराही उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा जितेको छ भने माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकाकाका प्रमुखमा जितेको हो । जिल्ला समन्वय समितिका लागि स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यले उम्मेदवारी दिन पाउनेछन् । मत भने स्थानीय तह प्रमुख र उपप्रमुखले मात्रै दिन पाउने व्यवस्था छ ।

 


Thali Mobile Pvt.Ltd.