भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बालिका करणी अभियोगमा म्यादी प्रहरी पक्राउ

बालिका करणी अभियोगमा म्यादी प्रहरी पक्राउ

सुरुङ्गा । प्रहरीले बालिका करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्रिएको छ । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो । उनले मंगलबार १४ वर्षीया ती बालिकालाई सोही वडास्थित गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ ।

पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरी बनेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.