भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

जी २० राष्ट्रका नेताहरू ऊर्जा उत्पादक उपभोक्ता समन्वयमा सहमतस् म्याक्रोन

जी २० राष्ट्रका नेताहरू ऊर्जा उत्पादक उपभोक्ता समन्वयमा सहमतस् म्याक्रोन

रोम, इटलीे । जी २० राष्ट्रहरूले ऊर्जा मूल्य सम्बन्धी मुद्दाहरूमा उत्पादक र उपभोक्ताहरू बीचको घनिष्ठ समन्वयमा सहमति जनाएको फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बताए । आइतबार जी २० शिखर सम्मेलनको समापनपछि रोममा पत्रकारहरूसँग कुरा गर्दै म्याक्रोनले ग्याँस र तेलको मूल्यमा भएको उल्लेखनीय वृद्धि र अस्थिरताले विश्वव्यापी वृद्धिलाई कमजोर बनाएको टिप्पणी गर्नुभएको छ।

ऊर्जाको कुरा आउँदा उत्पादक र उपभोक्ता राज्यहरू बीच समन्वयको आवश्यकता छ, म्याक्रोनले जोड दिदै भन्नुभयो, जी २० शिखर सम्मेलनमा त्यससँग सान्दर्भिक सम्झौताहरू सम्पन्न भएका छन् । त्यसैगरी युएस स्टेट डिपार्टमेन्टका ग्लोबल इनर्जी सेक्युरिटीका वरिष्ठ सल्लाहकार आमोस होचस्टेनले बिहीबार भन्नुभएको छ ग्यास र तेल आपूर्तिकर्ताहरूले युरोपमा देखापर्ने संकटबाट बच्न विश्वव्यापी माग पूरा गर्ने क्षमता सुनिश्चित गर्ने जिम्मेवारी आएको छ।

 


Thali Mobile Pvt.Ltd.