भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

जुम्ला प्रशासनमा जनशक्ति अभाव, ३ कर्मचारीको काम एक्लैले

जुम्ला प्रशासनमा जनशक्ति अभाव, ३ कर्मचारीको काम एक्लैले

कर्णाली । जिल्ला प्रशासन कार्यालय जुम्लामा जनशक्तिको अभाव भएको छ । जनशक्ति अभावका कारण प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलाई अधिकृतस्तरका तीन कर्मचारीको कामसमेत एक्लैले गर्नुपरेको छ ।

विसं २०७९ चैत २२ गते जुम्लामा हाजिर भएका प्रमुख जिल्ला अधिकारी घिमिरे हिमाली जिल्ला जुम्लाको पहिलो राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारी हुन् । प्रजिअ घिमिरे हाजिर भएयता उनी मातहतका न उपसचिव छन् न दुई अधिकृत कर्मचारी । चारजना अधिकृतस्तरको दरबन्दी भएको जिल्ला प्रशासन कार्यालय जुम्लामा सबैको काम आफैँले सम्हाल्नुपरेको प्रजिअ घिमिरेले बताए ।

‘धेरै पटक गृहमा कर्मचारी पठाउन अनुरोध गरेको छु,’ उनले भने, ‘तर अहिलेसम्म कोही पनि पठाउने काम भएको छैन । यसले गर्दा प्रशासनका दैनिक काम प्रभावित भएका छन् र यसले सेवाग्रहीलाई समस्या भएको छ ।’ नागरिकता दिनेदेखि जनताका प्रत्यक्ष सरोकारका काममा एक्लैले जोतिनुपरेको उनले बताए ।

प्रजिअ घिमिरेका अनुसार नीतिगत तहदेखि जनस्तरसम्मका काम गर्नुपर्दा निकै भार भएको छ । गृहले जतिसक्दो एकजना भए पनि अधिकृतस्तरका कर्मचारी जुम्ला पठाइदिए सेवाग्राहीलाई सेवा दिन सहज हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.