भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप

जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप

काठमाडौँ । सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख हजार मात्रा ‘भेरोसेल’ खोप आएको र आज थप एक लाख मात्रा तिब्बत सरकारबाट आउन थालेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिन फिङ्बीच केही दिनअघिको टेलिफोन वार्ता भएपछि चीन सरकारले अनुदानमा खोप उपलब्ध गराएको हो ।

प्रवक्ता डा पौडेलले खोपको दोस्रो मात्रा सुनिश्चित गरेर मात्र ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकसँग चीनसँग सीमा जोडिएका जिल्लाका १८ वर्षभन्दा माथिका लागि पनि खोप दिइने जानकारी दिनुभयो । ६० देखि ६४ उमेर समूहका खोप लगाउने करीब आठ लाख जनसङ्ख्या रहेको छ ।

मन्त्रालयले खोप लगाउँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लिएर जान अनुरोध गरेको छ । नेपालमा खोपको पहिलो मात्रा २१ लाख १३ हजार ८० र दोस्रो मात्रा सात लाख १४ हजार १६३ लगाएका छन् । अहिलेसम्म नेपालमा भारत सरकारको अनुदानमा कोभिसिल्ड १० लाख मात्रा र खरीद गरेर १० लाख मात्रा, चीनबाट यसअघि आठ लाख र कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप आएको छ ।

 


Thali Mobile Pvt.Ltd.