भर्खरै : Sorry, your browser does not support inline SVG.

‘जे पाक्छ त्यहि बिक्छ’ अभियानका अभियान्ता राम सुन्दर बके जे.भी. फाउन्डेसनको बागमती प्रदेश प्रमुखमा नियुक्त

‘जे पाक्छ त्यहि बिक्छ’ अभियानका अभियान्ता राम सुन्दर बके जे.भी. फाउन्डेसनको बागमती प्रदेश प्रमुखमा नियुक्त

काठमाडौं । पर्यटन व्यवसायी तथा जे पाक्छ त्यहि बिक्छ अभियानका अभियान्ता राम सुन्दर बके जे.भी. फाउन्डेसन बागमती प्रदेशको प्रदेश प्रमुख पदमा नियुक्त भएका छन् । प्रदेश प्रमुखमा नियुक्त भएपछि उनलाई अहिले बधाई तथा शुभकामना दिनेको कमी छैन ।

सोही अवसरमा जे.भी. फाउन्डेसनका केन्द्रिय अध्यक्ष मा. रास्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्यले केन्द्रिय होटेल समितिका संरक्षक राम सुन्दर बाके, फाउन्डेसन केन्द्रिय फोटो पत्रकारसहित कार्तिक १७ गते लमजुङ र मनाङ जिल्ला भ्रमणको निम्तो दिएका छन् । मनाङ र लमजङुमा समाजसेवाकै क्रममा वृद्धवृद्धालाई न्यानो लुगा सहयोग गरिने जानकारी दिए । सोही क्रममा भव्य स्वागत गर्न लागेको बताए ।

को हुन त राम सुुन्दर बके ?
ऐतिहासिक तथा सुन्दर पर्यटकीय स्थल रानीकोटमा अवस्थित सुविधा सम्पन्न भिलेज हाईल्याण्ड रिसोर्ट सन्चालक तथा पर्यटन व्यवसायी एवंं जे पाक्छ त्यहि बिक्छ अभियानका अभियान्ता हुन् रामसुन्दर बके । समाज सेवामा समर्पित एक व्यक्ति जो आफुलाई समाज सेवामा नै समर्पित गर्न चाहन्छन् ।

सूर्यविनायक नगरपालिकाको सबैभन्दा उच्च स्थानमा रहेको पर्यटकीय स्थल रानीकोटमा सुविधासम्पन्न होटल भिलेज हाइल्याण्ड रिसोर्ट सञ्चालनमा ल्याएर आन्तरिक तथा विदेशी पर्यटकलाई सेवा दिइरहेका छन् । यति मात्र होइन, रानीकोटको विकासमा हदैसम्मको कार्य गर्ने अथियानमा समेत लागेका छन् ।

स्थानीय र केन्द्री सरकारसंग यसको थप विकासमा समेत सहकार्य गरेर जाने आँटमा लागेका बके पछिल्लो समय जे पाक्छ त्यहि बिक्छ अभियानका साथ सातै प्रदेशमा पर्यटन गतिविधिलाई अगाडि बढाइरहेका छन् । जे भी फाउन्डेसनले आफुलाई प्रदेश प्रमुख पदमा नियुक्त गरेकोमा बकेले फाउन्डेसनलाई धन्यवाद दिए ।

के छ त रिर्सोटको विशेषता
होटल परिसरबाटै १ सय ८० डिग्रीमा हिमालहरु देख्न सकिने भएकाले कोठा भित्रैबाट पर्यटक हिमालका दृश्य हेरेर रमाउछन् । मनास्लु, धौलागिरी, लाडटाङ, पुवरी, गौरीशंकर, दोर्जे लाक्पा, चुमालिग, सिसापाड लगायतका हिमाल अवलोकन गर्न पाउदा उनीहरु निकै प्रफुलित देखिन्छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरको संगमका रुपमा रहेको रानीकोटमा पुरातात्विक महत्वका कारण पनि यहाँ पर्यटक आइरहने गर्दछन् । ललितपुरको लाँकुरीभञ्ज्याड, काभ्रेको पनौति, कुसादेवी र ललितपुरको फुलचोकीदेखि रानीकोट हाईकिङ रुट अर्को विशेषता हो । हाईकिङमा रमाउन चाहने पर्यटक तीन तीरबाट रानीकोट उक्लिने गर्दछन् ।

पछिल्लो समय ऐतिहासिक रानीकोट दरबार संरक्षणमा स्थानीयले चाँसो दिएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटको घुइचो नै लाग्न थालेको छ । यहाँ धार्मिक हिसाबले प्रख्यात बाघभैरव पनि भएकाले बाघभैरव मन्दिर परिसरमा सर्वसाधारण देखि विशिष्ट व्यक्तिहरुपनि धाउन थालेका छन् । मंसिर र बैशाख पूणिर्मामा मेला लाग्ने भएकाले सरसफाइमा समेत चाँसो दिएका छन् ।

घना जंगल भएका कारण जंगली जनावरसमेत अवलोकन गर्न पाइने भएकाले रानीकोट क्षेत्र विश्वमै दुर्लभ र नेपालमा मात्र पाइने काँडे भ्याकुर हेर्न पर्यटक रानीकोट उलिन्छन् । रानीकोट मल्लकालीन अवस्थामा रानीले आराम गर्ने दरबार बनाएको किम्वदन्ति छ । हाल त्यो दरबारको भग्नावशेषमात्र बाँकी रहेकाले त्यसको अवलोकनका लागि पर्यटक आउने गरेको स्थानीयले बताउछन् ।

 


Thali Mobile Pvt.Ltd.