भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

ज्येष्ठ नागरिक दिवसमा एक सय चार वर्षीय दाहाल सम्मानित

ज्येष्ठ नागरिक दिवसमा एक सय चार वर्षीय दाहाल सम्मानित

काठमाडाैं । दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरा वृद्धाश्रममा आश्रित एक सय चार वर्षीय नन्दलाल दाहाललाई नगर पिता घोषणासहित सम्मान गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा विसं १९७५ मा जन्मनु भई विगत १४ वर्षदेखि वृद्धाश्रममा बस्दै आउनुभएका उहाँलाई सम्मान गरिएको हो ।

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजना एवम् पोखरा–२१ र वृद्धाश्रमको समन्वयमा भएको कार्यक्रममा दाहाललाई महाशाखा संयोजक एवम् वाडानं १७ का वडाध्यक्ष राधिका शाही योगीले रु ११ हजारसहित र सम्मानपत्र प्रदान गर्नुभयो । उहाँले २०५१ सालमा तत्कालीन सरकारले सामाजिक सुरक्षा भत्ता सुरु गरेको दिनलाई आधार मानेर गत वर्षदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको जानकारी दिनुभयो ।

पोखरा महानगरपालिकाले ज्येष्ठ नागरिकको सुविधाका लागि ३३ वटै वडामा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि प्रत्येक वडालाई रु १० लाखका दरले बजेट विनियोजन गरिएको वडाध्यक्ष योगीले बताउनुभयो । वडानं २१का वडाध्यक्ष दीपक सुवेदीले आप्mना जन्मदाता बुबाआमाको समेत उचित सेवा पु¥याउन नसक्ने हाम्रो समाजका ४६ विपन्न, असहाय र ज्येष्ठ नागरिकको पालनपोषणमा वृद्धाश्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको बताउनुभयो ।

वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले आश्रममा हाल वृद्ध आमाबुबा र सेवक–सेविकासहित ५५ जना रहेको र संस्था दाताको सहयोगबाट सञ्चालन हुँदै आएको जानकारी दिनुभयो । उहाँले ज्येष्ठ नागरिकको सीपलाई भरपुर उपयोग गर्दै आश्रममा गुन्द्रुक र मस्यौरा बनाउने कार्यक्रम समेत सञ्चालन गरिएको बताउनुभयो । अध्यक्ष पराजुलीले भन्नुभयो, “उत्पादित वस्तुलाई प्याकेजिङ गरी बजारमा बिक्री गरिने तयारी भइरहेको छ ।” महानगरको सामाजिक विकास महाशाखा प्रमुख गीता न्यौपाने, वृद्धाश्रमका कोषाध्यक्ष धर्म गुरुङलगायतले ज्येष्ठ नागरिक दिवसको महत्वबारे चर्चा गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.