भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

टेलिफोन टावरमा खराबी

टेलिफोन टावरमा खराबी

सिमकोट, । हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा नेपाल टेलिकमको सेवामा खराबी आएको छ । विगत लामो समयदेखि टावरमा खराबी देखिएपछि स्थानीयवासी समस्यामा परेका छन् । नेपाल टेलिकमले राखेका दुई वटा र गाउँपालिकाको सिमाना जोडिएको मुगुको सोरुमा राखिएको टावरले काम गर्न छाडेपछि सेवाग्राही डाँडाकाँडा धाउन बाध्य भएका छन् ।

केही महिनायता तीनवटै टावरले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म काम गर्न छाडेपछि दिउँसो अग्ला डाँडा र रुख चढ्न बाध्य भएको अदानचुली–२ का सुमन बुढाले गुनासो पोख्नुभयो । अघिल्लो वर्ष पनि यस्तै समस्या आउँदा दुई महिना लगाएर सबै टावर मर्मत गरिएको थियो तर यस वर्ष भने टेलिकमले कुनै ध्यान नदिएको अदानचुली–२ को ढोगर्नामा राखिएको टावरका सुरक्षामा खटिएका चौकीदार नरबहादुर बोगटीले बताए । हरेक वर्ष टावर बनाउन मर्मत टोली आउने गरे पनि समस्या समाधान हुन नसकेको बताए ।

मुगुको सोरु गाउँपालिकास्थित सोरुमा राखिएको टावरबाट फोरजी सेवा विस्तार गर्न लागेकाले नेटवर्कमा समस्या देखिएको नेपाल टेलिकमले जनाएको छ । हुम्लाको यस क्षेत्रमा नेटवर्कसम्बन्धी समस्या देखिएको चार वर्ष पुगेको छ । तल्लो भेगका स्थानीयवासी घण्टौ हिँडेर अग्लो डाडाँबाट फोन सम्पर्कमा जोडिने गरेका छन् । नेपालीको महान पर्व दसैँ तिहारलगायत चाडपर्वमा शुभकामना आदानप्रदान गर्न कठिनाइ भएको बुढाले बताए ।

 


Thali Mobile Pvt.Ltd.