भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

टोखामा तरकारी र च्याउखेती पकेट निर्माण

टोखामा तरकारी र च्याउखेती पकेट निर्माण

काठमाडौँ । टोखा नगरपालिकाले नगरभित्रका किसानलाई २२ थान हाते ट्र्याक्टरवितरण गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले नगरपालिकाभित्र कृषि क्षेत्रको विकास र विस्तारका लागि किसानलाई इन्धनबाट सञ्चालन हुने २२ थान हाते ट्र्याक्टरवितरण गरेको हो । नगरपालिका कृषि शाखा प्रमुख सुमित्रा पाठकले किसानको सहजताका लागि ५० प्रतिशत अनुदानमा नगरपालिकाले हाते ट्र्याक्टर सहयोग गरेको जानकारी दिनुभयो । टोखाले बुधबार ११ थान र त्यसभन्दा पहिले ११ थान ट्र्याक्टरवितरण गरेको छ ।

वितरण गरिएका ट्र्याक्टरमध्ये वडा नं १ मा पाँच थान, वडा नं २ मा पाँच थान र वडा नं ३ मा एक थान रहेको छ । एउटा ट्र्याक्टरको मूल्य रु ४० हजार पर्ने नगरपालिकाले जनाएको छ । यस्तै टोखाले किसानका लागि ५० प्रतिशत अनुदानमा धान तथा गहुँको बीउ, टनेल प्लाष्टिक, नमूना प्लाष्टिक घर, विषादीलगायतका कृषि सामग्री वितरण गरेको छ ।  नगरपालिकाभित्रका व्यावसायिक किसानलाई भने निःशुल्क तरकारी तथा फलफूलका बीउबिजन वितरण गरिएको कृषि शाखा प्रमुख पाठकले बताए । टोखाले २५० कृषकका लागि कौसीखेती तालिमसमेत प्रदान गरेको छ ।

कौसीखेती तालिम प्राप्त गर्ने किसानलाई गमला, मल र बीउबिजन निःशुल्क वितरण गरेको छ । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले टोखाले कृषि क्षेत्रको विकास र विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत समेत काम गरिरहेको बताए। परियोजनाअन्तर्गत टोखाले तरकारी एवं च्याउखेती पकेटको कामलाई अगाडि बढाएको छ । उक्त परियोजना रु २४ लाखको रहेको छ । नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि आर्थिक वर्ष २०७७÷०७८ मा नगरस्तरीय बजेटबाट रु ५२ लाखभन्दा बढी रकम विनियोजन गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.