भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

टोखामा मतदाता नामावली सङ्कलन कार्य सुरु

टोखामा मतदाता नामावली सङ्कलन कार्य सुरु

काठमाडौँ । टोखा नगरपालिकामा मतदाता नामावली कार्य सुरु भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकामा आगामी स्थानीय, प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर राख्दै मतदाता नामावली कार्य सुरु गरिएको हो । आजदेखि सुरु भएको मतदाता नामावली सङ्कलन कार्य यही पुस १८ गतेसम्म चल्नेछ ।

नगरपालिकाका प्रमुख शिक्षा अधिकृत बाबुराम गौतमले नगरपालिकाभित्रका नागरिकता लिएका व्यक्तिलाई लक्षित गरेर मतदाता नामावली सङ्कलन कार्य सुरु गरिएको जानकारी दिए । “टोखामा स्थायी ठेगाना भएका र बसाइसराइ गरेर यहाँ आएका व्यक्तिलाई नागरिकता हेरेर मतदाता नामावलीमा समेट्छौँ”, उनले भने । नगरपालिकाको कार्यालयमा मात्र मतदाता नामावली सङ्कलन गर्ने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.