भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

टोखामा व्यक्तिगत घटना दर्ता शुरु

टोखामा व्यक्तिगत घटना दर्ता शुरु

काठमाडौं । टोखा नगरपालिकामा आजदेखि व्यक्तिगत घटना दर्ता अभियान शुरु भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको समन्वयमा आजदेखि व्यक्तिगत घटना दर्ता अभियान शुरु गरेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वैशाख १ देखि १६ गतेसम्म टोखा नगरपालिकाभर व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“घटना दर्ता गर्न बाँकी रहेका टोखावासी आफ्नो वडा कार्यालयमा उपस्थित भई जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइ अनिवार्यरुपमा दर्ता गर्नुहोला”, उहाँले भन्नुभयो । टोखा नगरपालिकाले व्यक्तिगत घटना घटेको ३५ दिनभित्र घटना दर्ता नगराउने नगरपालिकावासीलाई जरिवाना गर्नेसमेत जनाएको छ । टोखा नगरपालिकामा ११ वडा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.