भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिका–७ मुसहरी टोलमा आज भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । अनियन्त्रित भई पल्टिएको प्र २–०१–००१ त २००१ नम्बरको ट्याक्टरको इञ्जिनले च्यापिएर मुसहरी टोलका राजिन पोद्दारका छोरा १९ वर्षीय शिवको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।भित्री खेतमा जाने बाटोको धामिथान पोखरीमा ट्याक्टर अनियन्त्रित भई पल्टिएको स्थानीयवासीले बताएका छन् । शिवको शवपरीक्षणका लागि राजविराज ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.