भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

ठगीका घटना बढेकाले सहकारीलाई विश्वस्नीय बन्न उपमेयर भट्टराईको आग्रह

ठगीका घटना बढेकाले सहकारीलाई विश्वस्नीय बन्न उपमेयर भट्टराईको आग्रह

भक्तपुर । सहकारी संस्थाहरुकोे विश्वस्नीयता घट्दै गएको जनगुनासा आएको भन्दै विश्वसनीय बन्न सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आग्रह गरेकी छन् । सेवाग्राहीको बचतमा गिद्धेनजर लाउने केही सञ्चालकको गलत कार्यले राम्रा सहकारीको पनि नाममा दाग लाग्न गएको उनको तर्क छ ।

नगरपालिकाको आयोजनामा भएको सहकारी संस्थाको समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमेयर भट्टराईले नियमको दायरामा कडाईपूर्वक आउन सहकारीलाई निर्देशन दिइन् ।

सहकारी सम्बन्धी ठगीका घटना बढिरहेका नकारात्मक सूचना प्रवाह भइरहेको भन्दै नगर क्षेत्रभित्र स्थापीत सहकारी संस्थाका अध्यक्षलाई सहभागि गराएर अन्तरक्रिया गरिएको बताइन् । ब्यक्तीको पैसा सहकारीले सुरक्षीत राख्नुपर्ने हो तर सहकारी डुब्ने अवस्था किन आयो ? भन्दै प्रश्न गरिन् ।

अब त्यस्तो अवस्था आउन नदिन सहकारी संस्थाका अध्यक्षहरु च्लाख बन्नुपर्ने बताइन् । नगरपालिकाले सहकारी संस्थाहरुको कडा रुपमा अनुगमन गर्दै आएको जानकारी दिदै कमीकमजोरी भए सच्याउने मौका दिएको बताइन् ।

उत्कृष्ठ तथा नाजुक दुवै किसीमका सहकारी नगर भित्र भएको भन्दै हाल दुई सय एक वटा सहकारी सूर्यविनायक नगरभित्र भएको र ति मध्ये नगरमातहतमा १६१ वटा रहेको बताइन् । कतिपय लेखापरिक्षकले सञ्चालकलाई खुसी बनाउन गलत कामलाई पनि लुकाएर राखेकाले सचेत हुनुपर्ने तर्क गरिन् ।

आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष केदार खड्का, सहकारी शाखा प्रमुख राजेन्द्र श्रेष्ठ, सनिस लागेजु, शाखा प्रमुख राजेन्द्र श्रेष्ठ लगायतले आआफ्नो धारणा राखेका थिए भने कार्यक्रममा सहकारीको वर्तमान अवस्था विषयमा प्रशिक्षणसमेत दिइएको थियो ।

 


Thali Mobile Pvt.Ltd.