काठमाडौं । हामीले प्रयोग गर्ने इन्टरनेट कनेक्सन थुप्रै कारणले सुस्त भएको हुनसक्छ । अरुले हाम्रो वाईफाईको कनेक्सन चोरेको कारणले पनि सुस्त हुन सक्छ । वाईफाई चोरी भएको थाहा पाउनका लागि केही उपायहरुको प्रयोग बारे जानकारी दिएका छौं ।
१. सबै भन्दा पहिले राउटर जाँच गर्ने
यो सबैभन्दा सजिलो प्रक्रिया हो । तपाईँले पक्कै पनि राउटरमा विभिन्न किसिमको बत्ती बलेको देख्नु भएको होला । यसको लागी पहिले आफ्नो सबै डिभाइसलाई डिस्कनेक्ट गर्नुपर्छ र त्यसपछि पनि बत्ती बलिनै रहेको छ भने कोही वाईफाईसँग जोडिएको छ भन्ने बुझिन्छ । तर यो प्रक्रियाले भने आफ्नो शङका प्रमाणित हुने मात्र हो । वाईफाई प्रयोगकर्तालाई रोक लगाउन भने सकिदैन् ।
२. आफ्नो डिभाइस राउटर लिस्ट जाँच गर्ने
राउटर लिस्ट भने राउटरको एडमिनिस्ट्रेटिभ कन्सोल भित्र पाइन्छ र यसको पहुँचमा भने हामी राउटर कन्सोलमा लग इन गरेर पुग्न सक्दछौँ । यसो गर्नका निम्ति आफ्नो वेभ ब्राउजरमा राउटरको आइपी ऐड्रेस हाल्ने र त्यहाँ एउटा पेजमा आफ्नो राउटर कुन कुन डिभाइस सँग कनेक्ट भएको छ भन्ने देखाँउछ । यो पेज ‘डिभाइस म्यानेजर या ‘कनेक्टेड डिभाइस’ भनेर देखाउँछ । यहाँबाट कुनै नचाहिने डिभाइसले पहुँच पाएको छ कि भन्ने थाहा हुन्छ । नेटवर्क मनिटरिङ् टूलले पनि थाहा पाउन सकिन्छ ।
३. वाईफाईलाई कसरी जोगाउने ?
वास्तवमै कसैले वाईफाईमा पहुँच पाएको छ भन्ने थाहा पाए पछि सबै भन्दा पहिले आफ्नो सेक्यूरिटी प्रोटोकल जाँच्नुपर्छ । यदि डब्लुईपी र डब्लुपीए जस्ता प्रोटोकल छन् भने तिनीहरुलाई नँया डब्लुपीएटू एइएससँग परिवर्तन गर्नुपर्छ ।यो गरेसँगै बलियो पासवर्ड पनि राख्नुपर्छ र हरेक दुई महिनामा परिवर्तन गरिरहनुपर्छ । जसले गर्दा कसैले वाईफाईमा पहँुच पायो भने दुई महिना पछि पाउने छैन ।
