भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

डोटीमा खानेपानीको समस्या

डोटीमा खानेपानीको समस्या

डोटी । बेमौसमी वर्षाका कारण यहाँका खानेपानीका मुहान बगाउँदा जिल्लावासी खोलानालाको दूषित तथा फोहर पानी पिउन बाध्य छन् । बाढीले बगाएका खानेपानीका मुहान मर्मत हुन नसक्दा अहिले जिल्लामा खानेपानीको समस्या समेत उत्पन्न भएको छ । जिल्ला सदरमुकामसहित यहाँका ग्रामीण बस्तीमा बाढीले खानेपानीका पाइप बगाएकाले मर्मत गर्न नसकिएका कारण स्थानीयवासी खोलाको फोहर पानी पिउन बाध्य भएको जोरायल गाउँपालिका–५ गड्सेराका डम्बरबहादुर विष्टले जानकारी दिनुभयो ।

यहाँका अन्य ग्रामीण बस्तीका स्थानीयवासी गाउँमा पानीका धारा सुकेपछि घण्टौँ लामो दूरीबाट पानीको जोहो गर्न थालेका छन् । गत असोज अन्तिम साता आएको बेमौसमी बाढीपहिराका काराण जिल्लाका विभिन्न बस्तीमा निर्माण गरिएका खानेपानीका मुहान तथा पाइप लाइन बगाएका कारण अहिले यहाँ शुद्ध खानेपानीको समस्या उत्पन्न भएको हो । पानीको समस्या भएपछि यहाँका नागरिक खोलानाला, कुँवाको फोहर पानी पिउन बाध्य बनेको दिपायल गैराका स्थानीयवासी भरत कामीले जानकारी दिनुभयो ।

जिल्लाको दिपायल, सिलगढी, सेरी, राजपुर, तिखा, गड्सेरा, कुमालीकोटलगायतका ठाउँमा खानेपानीको समस्या उत्पन्न भएको स्थानीयवासी बताउँछन् । गाउँमा खानेपानीको समस्या आइपरेको र खोलानालाका पानीको भरमा खानेपानीको गुजारा चलाइरहेको शिखरनगरपालिका–१ सेरीका स्थानीयवासी भक्तबहादुर विकले बताउनुभयो । वडाको दलित बस्ती सेरीगाउँमा सबैभन्दा बढी पानीको समस्या हुने गरेकोे स्थानीयवासी बताउँछन् । घरका एक जनाले पानी भर्नमै दिन बिताउनुपर्ने भएकाले प्रायः बालबालिका पानी भर्नका लागि घरमै बस्ने गरेको स्थानीयवासी बताउँछन् ।

खानेपानीका लागि बिहान ३÷४ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी लक्ष्मी विकले बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा खानलाई पानी हुँदैन, आफू खान र गाईवस्तुलाई दिन पानीका लागि लाइन बस्नुपरेको छ ।” धेरैजसो बालबालिका विद्यालय नगएर पानी बोकिरहेको अवस्थामा भेटिन्छन् । पानीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने वा दुई÷तीन घण्टाको बाटो हिँडेर खोलाको पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनसो छ । पानीका मुहान सुक्न थालेपछि यहाँको खानेपानी तथा सरसफाइ उपभोक्त समितिले दिनमा एकपटकमात्रै पानी वितरण गर्न थालेको छ ।

पानी नआउँदा यहाँका होटल व्यवसायीलाई होटल सञ्चालन गर्न निकै कठिन भएको पातली होटल दिपायल पिपल्लाका सञ्चालक मोहन पातलीले बताउनुभयो । उहाँले भन्नुभयो, “धारामा पानी आउँदैन, ग्राहकलाई खाना खुवाउन पनि समस्या भएको छ ।” होटलमा पानीको समस्या उत्पन्न भएपछि यहाँका कतिपय होटल व्यवसायी गाडी रिर्जभ गरेर खोला तथा नदीको पानी ल्याएर काम चलाउन थालेका छन् । नजिकै सेती नदी भए पनि नदीमा अहिलेसम्म बाढीका कारण धमिलो पानी बगिरहेकाले प्रयोग गर्न नसकिएको स्थानीयवासीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.