भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

डोटीमा कुल बजेटको ११ दशमलव ७७ प्रतिशत बजेट फ्रीज

डोटीमा कुल बजेटको ११ दशमलव ७७ प्रतिशत बजेट फ्रीज

डोटी । डोटी जिल्लामा एक अर्ब ५७ लाख ६० हजार ३६५ रुपैयाँ बजेट फ्रीज भएको छ । आर्थिक वर्ष २०७८र७९ मा कोष तथा लेखा नियन्त्रण कार्यालय सिलगढी डोटीका अनुसार जिल्लामा कुल बजेटको ११ दशमलव ७७ प्रतिशत बजेट फ्रीज भएको हो । आर्थिक वर्ष २०७८÷०७९ का लागि जिल्ला विनियोजित ६ अर्ब ७० करोड ८ लाख ३५ हजार ९६५ रुपैयाँमध्ये ६ अर्ब ३४ करोड ८३ लाख ८ हजार ५५४ खर्च भएको छ । यो रकम कुल चालु रकमको करिब ९५ प्रतिशत हो ।

जिल्लामा यो अवधिमा ५८ करोड २६ लाख ७१ हजार ४७३ रुपैयाँ राजश्व सङकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जिल्लामा पुँजीगततर्फ एक अर्ब ८४ करोड ६८ लाख १५ हजार ५०० रुपैयाँ बजेट विनियोजन भएकोमा जम्मा एक अर्ब १९ करोड ३५ लाख ८२ हजार ४४५ रुपैयाँ मात्रै खर्च भएको छ । यो रकम पुँजीगततर्फ कुल विनियोजित रकमको करिब ३५ प्रतिशत मात्रै हो ।

 


Thali Mobile Pvt.Ltd.