भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

ढल्ने अवस्थाका विद्युत् खम्बाका कारण आगलागीको जोखिम

ढल्ने अवस्थाका विद्युत् खम्बाका कारण आगलागीको जोखिम

डोटी । पुरानो क्षेत्रीय सदरमुकामसमेत रहेको जिल्लाको सबैभन्दा पुरानो बजार पिपल्लामा विस्तार गरिएका विद्युत्का पोल मर्मत नगरिएका कारण आगलागीको जोखिममा बढेको छ । बजारमा विद्युत् विस्तारका लागि गाडिएका पोल पुराना भएका तथा मर्मत र व्यवस्थित नगरिएका कारण जोखिम बढेको हो । वर्षौंपहिले गाडिएका पोल खिया लागेर केही भाँचिएका छन् भने केही पोल ढल्ने अवस्थामा रहँदासमेत सम्बन्धित निकायले मर्मतसम्भारका लागि पहल नचालेका कारण आगलागीको जोखिम बढेको स्थानीयवासीको गुनासो छ ।

बजारवासीले पुराना तथा खिया लागेर ढल्ने अवस्थाका पोल मर्मतसम्भार गर्न तथा नयाँ पोल राख्न विद्युत् कार्यालयलाई आग्रह गर्दा पनि कुनै वास्ता नगरेको दिपायल पिपल्लाका बासिन्दा मोहनबहादुर पातलीले आरोप लगाउनुभयो । दैनिकको हावाहुरी र बर्सातका कारण बजारको चारैतिर विद्युत लाइन दिइएको पोल ढल्ने अवस्थामा पुगेका छन् । यहाँको दिपायल सिलगढी नगरपालिका–४ स्थित पिपल्ला बजारमा पोल गाडेको ठाउँबाट नाली बनाइएका कारण विद्युत् पोल ढल्ने अवस्थामा पुगेका छन् ।

बजारका व्यापारीले पटकपटक विद्युत् कार्यालयलाई जानकारी गराउँदा पनि पोल मर्मतका लागि कार्यालयले कुनै प्रक्रिया अगाडि नबढाएको व्यापारी दिव्यराज पाठकले बताए । विद्युत् कार्यालय र त्यहाँका कर्मचारीले पोल गाडीका ठाउँबाट नाली निर्माण गर्दा पोल ढल्ने खतरा बढेको जानकारी पाए पनि सार्नका लागि कुनै पहल नचालेका कारण आगलागी हुने खतरा बढेको हो । यहाँका बजारमा पोल ढलेको खण्डमा बजारमा तार खसेर पूरै आगलागी हुने सम्भावना रहेको अर्का स्थानीयवासी मानबहादुर धामीले बताए ।

विद्युत् कार्यालय दिपायल पिपल्ला केन्द्रका सहायक प्रमुख विश्वनाथ शाहले अव्यवस्थित पोल सार्न तथा पुराना काम नलाग्ने ढल्ने अवस्थाका पोल मर्मतका लागि पहल भइरहेको बताउनुभयो । पुराना खिया लागेका तथा नाली निर्माण गर्दा ढल्ने अवस्थामा रहेका पोल जुनसुकै बेला पनि ढल्न सक्ने भन्दै स्थानीय व्यापारीमा त्रास फैलिएको छ । हावाहुरी आउँदा विद्युत्को पोल ढल्छ कि भन्ने चिन्ता लागि रहने बताउँदै अर्का व्यापारी रामबहादुर बमले बताए ।

 


Thali Mobile Pvt.Ltd.