भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

मकावनपुर । जिल्लाको पश्चिमभेगमा पर्ने राक्सिराङ गाउँपालिकाको दुर्गम भेग वडा नं ७ र ९ मा आज बिहानदेखि विपन्न परिवारलाई खाद्यान्न सामग्रीका प्याकेट वितरण गरिएको छ । कोरोना सङ्क्रमणको जोखिम र निषेधाज्ञाका कारण ती दुवै वडाका दैनिक ज्यालादारी गर्ने अवसरबाट वञ्चित भएका करीब ७०० विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।  विपन्न परिवारका प्रत्येक घरलाई खाद्यान्न चामल २५ किलो, खाने तेल दुई लिटर, दाल दुई किलो र नुन दुई प्याकेट पनि वितरण

गरिएको उहाँले जानकारी दिनुभयो । उक्त खाद्यान्न नेपाली कांग्रेस जिल्ला कार्यसमिति र उद्योग वाणिज्य सङ्घको संयुक्त लगानीमा एक हजार परिवारलाई पुग्ने गरी हाललाई गाउँपालिकाका अध्यक्ष मल्ललाई कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले हस्तान्तरण गर्नुभएको थियो । यसैगरी राक्सिराङको सरिखेतमा पनि एक सय विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.