भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

मकावनपुर । जिल्लाको पश्चिमभेगमा पर्ने राक्सिराङ गाउँपालिकाको दुर्गम भेग वडा नं ७ र ९ मा आज बिहानदेखि विपन्न परिवारलाई खाद्यान्न सामग्रीका प्याकेट वितरण गरिएको छ । कोरोना सङ्क्रमणको जोखिम र निषेधाज्ञाका कारण ती दुवै वडाका दैनिक ज्यालादारी गर्ने अवसरबाट वञ्चित भएका करीब ७०० विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।  विपन्न परिवारका प्रत्येक घरलाई खाद्यान्न चामल २५ किलो, खाने तेल दुई लिटर, दाल दुई किलो र नुन दुई प्याकेट पनि वितरण

गरिएको उहाँले जानकारी दिनुभयो । उक्त खाद्यान्न नेपाली कांग्रेस जिल्ला कार्यसमिति र उद्योग वाणिज्य सङ्घको संयुक्त लगानीमा एक हजार परिवारलाई पुग्ने गरी हाललाई गाउँपालिकाका अध्यक्ष मल्ललाई कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले हस्तान्तरण गर्नुभएको थियो । यसैगरी राक्सिराङको सरिखेतमा पनि एक सय विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.