काठमाडौँ । नेकपा प्रचण्ड–माधव पक्षले अबको परिस्थितिसंग जुध्न तयार भएर बस्न कार्यकर्तालाई निर्देशन दिएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले निर्वाचन आयोग र अदालतबाट परिस्थिति बाहिरको फैसला आउन सक्ने भन्दै तयार रहन निर्देशन दिएको हो ।
बैठकमा अध्यक्षद्वय ‘प्रचण्ड’ र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरूलाई निर्देशन दिदै शुक्रबार नागरिकताको प्रतिलिपिसहित हस्ताक्षर संकलन गराएका थिए । अबको आन्दोलनका विषयमा पनि छलफल भएको नेकपाले जनाएको छ । बैठकमा सांगठनिक एकीकरणको काम केही दिनभित्रै सक्ने विषयमा समेत छलफल भएको छ ।
