भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तस्करी राेक्न हुम्लाको लिमीमा बिओपी थपिदै

तस्करी राेक्न हुम्लाको लिमीमा बिओपी थपिदै

सिमकोट । नेपाल चीन १२ नम्बर सीमा स्तम्भभन्दा २५ किलोमिटर टाढा नेपालको टाक्ची भ्यालीमा बिओपी पोष्‍ट थप्न लागिएको छ। जडीबुटी तथा वन्यजन्तुका अङ्गको अवैध ओसारपसार हुन थालेको भन्दै त्यसलाई रोक्न बिओपी राखिन लागेको हो ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा सशस्त्र प्रहरी पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको प्रशासनले जनाएको छ। नाम्खा ६ मा पर्ने लाप्चास्थित नेपाल(चीन १२ नम्बर सीमा स्तम्भभन्दा २५ किलोमिटर टाढा नेपालको टाक्ची भ्यालीमा सशस्त्रको पोष्ट स्थापनाका हुन लागेको हो ।

हिल्सामा ६ असारमा बिओपी स्थापना भइसकेको छ भने हाल हिल्सामा प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २२ सशस्त्र सुरक्षाकर्मीको समूह सीमा क्षेत्रमा तैनाथ गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.