भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

अदालतबाट सजाय तोकिएका दश फरार प्रतिवादी पक्राउ

अदालतबाट सजाय तोकिएका दश फरार प्रतिवादी पक्राउ

बागलुङ । प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका १० फरार प्रतिवादीलाई मङ्गलबार पक्राउ गरेको छ । फैसला कार्यान्वयनका लागि उनीहरुलाई हिजै जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पक्राउ पर्नेमा चोरी मुद्दाका फरार ढोरपाटन नगरपालिकाका ३२ वर्षीय प्रकाश थापा छन्त्याल, लागुऔषध मुद्दामा निसीखोला गाउँपालिकाका दिलकुमारी घर्ती, सार्वजनिक अपराध मुद्दामा बोहोरागाउँका ३२ वर्षीय यामबहादुर घर्ती र सवारी ज्यान मुद्दामा दर्लिङका ३३ वर्षीय बलिराम गुरुङ रहेका छन् ।

यस्तै सवारी ज्यान मुद्दामा बागलुङ नगरपालिका–१३ का ४२ वर्षीय गणेश रिजाल, सार्वजनिक अपराधमा वडा नं ७ का ३५ वर्षीय यामबहादुर क्षेत्री, काठेखोला गाउँपालिकाका २२ वर्षीय सुजन थापा, २५ वर्षीय सौरभ राना र चोरी मुद्दामा काठेखोलाकै १७ वर्षीय दुई जना पक्राउ परेका हुन् । चोरी मुद्दामा पक्राउ परेका प्रतिवादी ढोरपाटन नगरपालिकाका छन्त्याललाई अदालतले विसं २०६७ भदौ १३ गते दुई महिना सात दिन कैद फैसला गरेको थियो । सवारी ज्यान मुद्दाका फरार बानपा–१३ का रिजाललाई अदालतले विसं २०६६ असार ३१ गते चार महिना १७ दिनको कैद सुनाएको थियो । यस्तै ज्यान मुद्दामा पक्राउ परेका दर्लिङका ३३ वर्षीय गुरुङलाई भने विसं २०७६ पुस २२ गते रु दुई हजार जरिवानासहित जम्मा पाँच दिन कैद फैसला गरेको थियो । अन्य प्रतिवादी भने न्यूनतम रु ८०० देखि बढीमा सात हजार ५७५ सम्म जरिवानाको सजाय पाएका छन् ।

अदालतले कैद÷जरिवाना तोके पनि सजाय भुक्तान नगरी घरमै लुकीछिपी बसेका प्रतिवादीलाई पक्राउ गरिएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताउनुभयो । कैद सजाय तोकिएकालाई अदालतको आदेशले कारागार चलान गरिएको उहाँको भनाइ छ । “अदालतबाट फरार सूचीमा रहेका ४२५ जनालाई पक्राउ गर्नू भनी पत्र आएको छ, हामीले खोजतलास तीव्र पारेका छौँ”, प्रनाउ रेग्मीले भन्नुभयो । पहिले धरौटीमा छुटे पनि अदालतले अन्तिम फैसला गरेपछि प्रतिवादीहरु सम्पर्कमा नआई लुकीछिपी बस्ने गरेको उहाँले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.