भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन् !

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन् !

बझाङ । प्रहरीले सम्झना बिककाे बलात्कारपछि हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाको हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई  सार्वजनिक गरेको हो ।  यही असोज ७ गते मष्टा गाउँपालिका –२ खिकालाकी १२ वर्षीया बिकको हत्या भएको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी बिकको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्नवस्थामा फेला परेको थियो ।

balatkariअभियुक्त बोहराविरुद्ध अर्की एक बालिकामाथि पनि जबर्जस्ती करणी गरेको जाहेरी परेको छ । सोही ठाउँकी १३ वर्षीयालाई जबर्जस्ती करणी गरेको जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले बझाङले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयले आज गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बोहराले बलात्कारपछि हत्या गरेको सबै प्रमाण रहेको जिकिर गरे ।

अभियुक्त बोहराले भने सो विषयमा मुख खोलेका छैनन् । आरोपितका बुवा वीरबहादुरले आफ्ना छोराले अपराध गरेको भए फाँसीको सजाय दिन सकिने बताएका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.