भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

तातोपानी कुण्डमा पूर्वाधार निर्माण

तातोपानी कुण्डमा पूर्वाधार निर्माण

म्याग्दी । अन्नपूर्ण गाउँपालिकामा रहेका प्राकृतिक तातोपानीका कुण्डलाई संरक्षण गरी व्यवस्थित बनाउन पूर्वाधार निर्माण भएको छ । गाउँपालिकाले पोखरेबगरको रातोपानी, पाउद्वार र भुरुङको तातोपानी कुण्डमा स्नानस्थल, नदी नियन्त्रण, पोखरी र टहरा निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले तातोपानीका कुण्डलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण गरिएको बताउनुभयो ।

“प्राकृतिक उपचार र पर्यटकीयस्थलका रूपमा विकास गर्न पूर्वाधारले सहयोग पुग्ने विश्वास छ”, उहाँले भन्नुभयो, “पोखरेबगर नजिकैको रातोपानी कुण्ड संरक्षणका लागि कालीगण्डकी किनारमा पक्की पर्खाल र शरीर डुबाएर स्नान गर्न सकिने पोखरी बनाइएको छ, स्नान गर्ने पोखरीलाई ट्रस पाइप राखेर जस्ताले छाइएको छ ।”

रु २५ लाख लागत अनुमान गरिएको यो आयोजना निर्माण गर्न उत्तरगङ्गा निर्माण सेवाले रु १७ लाख ७४ हजार ९५८ मा ठेक्का लिएको थियो । सम्झौताअनुसार निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिकाका इञ्जीनियर ईश्वर भण्डारीले बताउनुभयो । यसैगरी पाउद्धार तातोपानी कुण्डमा पनि दुईवटा पोखरी र ट्रसले छाएको टहरा निर्माण गरिएको छ । पिसिसी ढलान गरिएको पोखरीको भित्तामा टायल राखिएको छ । रु २० लाख लागत अनुमान गरिएको यस योजना निर्माण गर्न बिएनबी कन्ट्रक्शनले रु १४ लाख ६८ हजारमा ठेक्का लिएको थियो ।

निर्माण कम्पनीले सम्झौताअनुसारको काम सकेर अन्तिम भुक्तानी पनि लगिसकेको इञ्जीनियर भण्डारीले बताउनुभयो । गाउँपालिकाबाहेक पाउद्वार तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समितिले पनि पूर्वाधार तयार पारेका छन् । समितिका अध्यक्ष रुमलाल पुनले नयाँ टहरा, सानो पोखरी, विश्रामस्थल, शौचालय र पोखरीको भुइँमा ढुङ्गा बिछ्याइएको बताउनुभयो । समितिको कोषमा रहेको रकम र यस वर्ष पुसदेखि चैतसम्म स्नानका लागि आएकाबाट जुटाएको सहयोग गरी रु छ लाख बराबरको काम गरिएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

रातोपानी र पाउद्धारका तातोपानी कुण्ड उपचारस्थलका रूपमा परिचित छन् । चोटपटक लागेको, सर्केमर्केको, ग्यास्ट्रिक, गानोगोलालगायत समस्या भएका बिरामीको उपचारका लागि यहाँका तातोपानी कुण्डमा स्नान गर्न आउने गर्छन् । टहरा र पोखरी भएपछि जुनसुकै समयमा पनि स्नान गर्न सहज भएको छ । खुला ठाउँमा स्नान गर्दा तथा झरी पर्दा रुझाउने र गर्मीमा घामले पोल्ने समस्या थियो । पोखरीमा शरीर डुबाएर स्नान गर्न पनि सहज भएको छ । तातोपानीको मुहान संरक्षण र पोखरी परिसरमा घेराबारलाई व्यवस्थित गरिएको छ । भुरुङ तातोपानी कुण्ड पर्यटकीयस्थलका रूपमा परिचित छ ।

 


Thali Mobile Pvt.Ltd.