भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकालाई दुई थान अक्सिजन कन्सन्टेटर सहयोग प्राप्त भएको छ । जर्मनीमा सक्रिय सामाजिक संस्था लालीगुँरास परिवारको पहलमा खरीद गरिएको उक्त कन्सन्ट्रेटर तारकेश्वरलाई सहयोग गरिएको हो । उक्त सामग्री काठमाडौँ महानगरपालिका–१६ को समन्वयमा हस्तान्तरण गरिएको छ । तारकेश्वरको साङ्लामा स्थापना गरिएको कोभिड–१९ आइसोलेशन केन्द्रमा प्रयोग गर्नका लागि आइतबार नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरालाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा नगरप्रमुख बोहोराले कोरोना महामारीको विषम परिस्थितिमा कोभिड–१९ सङ्क्रमितको उपचारका लागि अक्सिजन कन्सन्ट्रेटरले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । वडाध्यक्ष रिजालले उक्त स्वास्थ्य सामग्री जनमैत्री अस्पतालका लागि पठाइएको भए पनि जनमैत्री अस्पतालभन्दा तारकेश्वरलाई आवश्यक परेकाले नगरपालिकालाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उक्त सामग्री लालीगुँरास परिवारका अध्यक्ष टेक थापालगायत कार्यसमितिको अग्रसरतामा खरिद गरेर गैरआवासीय नेपाली सङ्घमार्फत नेपाल पठाइएको थियो । विगतमा पनि लालीगुराँस परिवारले नेपालमा परेका विभिन्न समस्यामा सहयोग गर्दै आएको थियो ।

 


Thali Mobile Pvt.Ltd.