भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

ताराखोला सिले गाउँका घरघरमा खानेपानी

ताराखोला सिले गाउँका घरघरमा खानेपानी

गलकोट । जिल्लाको ताराखोला गाउँपालिका–२ सिले गाउँका घरघरमा खानेपानीको धारा पुगेको छ । दुई दशकभन्दा अगाडिदेखि सञ्चालित खानेपानीको व्यवस्थापन राम्रो नहुँदा यहाँका स्थानीयले समस्या भोग्दै आएका थिए । खानेपानीको समस्या पर्न थालेपछि ताराखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेव) को सहयोगमा सिलेका घर घरमा पुगेको छ । एउटा धारोबाट दश÷बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले गाउँको हरेक घरमा एक घर एक धारा निर्माण भएको छ । ५७ घर रहेको सो गाउँमा ५७ धारा बनेका छन् ।

नयाँ धारो निर्माण हुनुभन्दा पहिले गाउँमा खानेपानीको अभाव भएको स्थानीय जैमती घर्ती मगरले बताउनुभयो । उहाँले पुरानो धारा जीर्ण भएको र उक्त धाराबाट १०÷१२ घरकाले पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्मरण गर्नु भयो । सिले वासमर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मोतिलाल रोका मगरले पुरोना खानेपानी योजना जीर्ण बनेपछि गाउँमा पानी समस्या बन्दै गएको र त्यसको समाधानका लागि नेवासँग माग गरि समाधान गरेको जानकारी दिनुभयो ।

गाउँमा एक घर एक धारा निर्माण भएपछि स्थानीयलाई ठूलो राहत मिलेको छ । नेवाका कार्यक्रम अधिकृत विनोद कोइरालाले गाउँमा खानेपानीको समस्या भएपछि आफूहरुलाई सहयोगका लागि आग्रह गरेको र गत वर्षदेखि आयोजना सुरु गरेको जानकारी दिनुभयो । सो आयोजना रु ३७ लाख ३५ हजार ८२७ को लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ ।

नेवाको २० लाख ४१ हजार ३२९, ताराखोलाको रु छ लाख र समुदायको रु एक लाख ९० हजारको जनश्रमदानमा आयोजना सम्पन्न भएको होे । सिले गाउँका ५७ घर धुरीमा ५७ धारा निर्माण गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.