भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

तीन महिनामा टेलिकमको नाफा ६० करोड ८४ लाख

तीन महिनामा टेलिकमको नाफा ६० करोड ८४ लाख

काठमाडौं । नेपाल टेलिकमको मुनाफामा ६० करोड ८४ लाख रुपैयाँ वृद्धि भएको छ । शनिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको आर्थिक विवरणअनुसार टेलिकमले गत वर्षको तुलनामा यस वर्ष ६० करोड ८४ लाख ८१ हजार रुपैयाँ वृद्धि गरेको हो ।

गत आर्थिक वर्षको द्वितीय त्रैमासिकसम्म ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रुपैयाँ खुद मुनाफामा रहेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ६० करोड वृद्धि गर्दै ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार पुगेको जनाएको छ ।

चालु आर्थिक वर्षको द्वितीय त्रैमासिकमा कम्पनीको कुल सञ्चालन आय १ अर्ब ४८ करोड २३ लाख ३ हजार रुपैयाँले वृद्धि भइ १९ अर्ब २० करोड ७२ लाख १६ हजार पुगेको हो ।

यस्तै सोही अवधिको कुल आयमा पनि १ अर्ब ४१ करोड ३२ लाख ६३ हजार रुपैयाँले वृद्धि भइ २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

गत आर्थिक वर्षको द्वितीय त्रैमासिक अवधिमा मात्र कम्पनीको कुल सञ्चालन आय ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिको मात्र कुल सञ्चालन आय ३४ करोड २३ लाख ४९ हजार रुपैयाँले वृद्धि भएर ९ अर्ब ४३ करोड १९ लाख २३ हजार रुपैयाँ पुगेको छ ।

फोरजी विस्तारसँगै सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एस।एम।एस। सेवाको उपभोगमा वृद्धि हुँदा कम्पनीको आय वृद्धि भएको कम्पनीको भनाइ छ ।

यसअघि टुजी र थ्रीजी भएका स्थानमा फोरजी पहुँच विस्तार गरिएले पनि ग्राहकको संख्यामा वृद्धि आएको कम्पनीले दाबी गरेको छ । एफटीटीएच सेवा प्रति ग्राहकको आकर्षणमा बढेकाले पनि निश्चित नेटवर्कबाट हुने आयमा सकारात्मक प्रभाव परेको कम्पनीको जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.