ललितपुर । सुनाकोठीस्थित बालकुमारीको तीन सय वर्ष पुरानो मूर्ति चोरी भएको छ । शनिबार राती बालकुमारीस्थित मन्दिरबाट मूर्ति चोरी भएको ललितपुर प्रहरीले जाएको हो ।
हरेक वर्ष मंसिर र वैशासमा यस मन्दिरमा जात्रा लाग्ने गर्छ । प्रहरीले घटनाको विवरण लिए लगत्तै अनुसन्धान सुरु गरिएको ललितपुर प्रहरीले जनाएको छ । ३ सय वर्ष पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएको जनाइएको छ ।
