भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

त्रिविका सबै परीक्षा स्थगित

त्रिविका सबै परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगन गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले मङ्गलबारदेखि हुने सबै परीक्षा स्थगन गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोना भाइरसको दोस्रो प्रकोपले देशका विभिन्न स्थानमा बन्दाबन्दी र निषेधाज्ञा भएका कारण अहिलेको स्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले स्थगन गर्नुपरेको जानकारी दिनुभयो । “केही ठाउँमा बन्दाबन्दी र निषेधाज्ञा शुरु भएको छ ”, उहाँले भन्नुभयो, “ यस्तो बेलामा परीक्षा गर्न सम्भव हुँदैन । त्यसैले सबै परीक्षा स्थगन गरेका हाँै ।”

उहाँले वातावरण सहज भएपछि परीक्षा सञ्चालन गरिने बताउनुभयो । त्रिविको वार्षिक परीक्षाअन्तर्गत स्नातक तह र स्नातकोत्तर तह दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका थिए । यही वैशाख १९ गतेसम्म सञ्चालन हुने परीक्षाअन्तर्गत मानविकी, शिक्षा र विज्ञान सङ्कायका केही विषय मात्र बाँकी थिए । यस्तै वैशाख १९ गतेदेखि स्नातकोत्तर तहको सेमेष्टरअन्तर्गतका परीक्षासमेत सञ्चालन गर्ने पनिकाको तयारी थियो ।

यसअघि पनि गत वर्ष चैतमा कोभिड–१९ का कारणले परीक्षा स्थगन गरिएका थिए । ती परीक्षा गत मङ्सिरदेखि निरन्तर सञ्चालन भइरहेका थिए । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्देशक समितिको आइतबार बसेको बैठकले आजदेखि विद्यालय र शिक्षालयको भौतिक उपस्थितिमा हुने पूर्वनिर्धारित परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.