१४ बैशाख काठमाडौं : लकडाउन बैशाख २५ सम्म थप्ने सरकारले निर्णय गरेको छ ।
कोरोना जोखिम कायमै रहेको उल्लेख गर्दै आइतबार बसेको मन्त्रीपरिषद् बैठकले लकडाउनको समय थप गरेको हो ।
लकडाउन थपिएको यो अवधिमा भने सरकारले उद्योग कलकारखाना सञ्चालनमा खुकुलो पार्ने निर्णय गरिएको जनाइएको छ । नागरिकहरुको लागि भने लकडाउन पहिले जस्तै कडा हुने मन्त्रिपरिषद्ले निार्णय गरेको छ ।
चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको सरकारले लकडाउनको अवधि थपेको तेस्रो पटक हो ।