भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

थप चार जनामा हैजा, बिरामी सङ्ख्या २७

थप चार जनामा हैजा, बिरामी सङ्ख्या २७

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप चार जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दासले थप चारमा हैजाका बिरामी भेटिएको बताउनुभयो । थप चार जनामा हैजा भेटिएसँगै अहिलेसम्म हैजा लाग्नेको सङ्ख्या २७ पुगेको छ ।

उहाँका अनुसार कागेश्वरी मनहरा–६ का तीन र ललितपुर महानगरपालिकाको हरिसिद्धिका एक जनामा हैजा देखिएको छ । कागेश्वरी मनहराका १८ वर्षीया महिला, २४ वर्षीया महिला र १२ वर्षका बालक तथा हरिसिद्धिका ६२ वर्षीया महिला रहेका छन् । कागेश्वरी मनहराका हैजाका बिरामीलाई उपचार पछि घर फर्किसकेको र हरिसिद्धिका ६२ वर्षीया महिलाको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.