भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

थप तीन हजार ७५ मा कोरोना सङ्क्रमण पुष्टि, काठमाडौँ उपत्यकामा मात्रै एक हजार ५३८

थप तीन हजार ७५ मा कोरोना सङ्क्रमण पुष्टि, काठमाडौँ उपत्यकामा मात्रै एक हजार ५३८

काठमाडौँ, । देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार ७५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या मङ्गलबार देखिएको नयाँ सङ्क्रमितभन्दा ६३१ ले बढी हो । उपत्यकाका तीन जिल्लामा आज एक हजार ५३८ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा एक हजार १२८, ललितपुर २३६ र र भक्तपुरमा १३४ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये नौ हजार ५१ को पीसीआर र तीन हजार ९८५ को एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा १३ हजार ३६ को नमूना परीक्षण गरिएको थियो । नौ हजार ५१ ले पीसीआर र तीन हजार ९८५ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये सङ्क्रमणदर २७ प्रतिशत छ । यही अवधिमा २७८ जना कोरोनाबाट निको भएका छन् । कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख १४ हजार ५७ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ६९० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा २२ र आइसियुमा ८७ जना रहेका छन् । होम आइसोलेसनमा १० हजार ९१०, संस्थागत आइसोलेसनमा ८८० र संस्थागत क्वारेन्टिनमा ६९५ रहेका छन् । सरकारले खोप कार्यक्रम विस्तारमा लागेको मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राले बताए । पुस मसान्तसम्म दुई तिहाइलाई खोप लगाउने लक्ष्य लिइएकामा बागमती र गण्डकी प्रदेशमा लक्ष्यअनुसार लगाइसकिएको उनले बताए । पहिले खोप लगाइसकेका नागरिकलाई माघ महिनाको पहिलो साताबाट ‘बुस्टर’ डोज लगाउन लागिएको उनले जानकारी दिए। उनले भने, “पहिले जुन खोप लगाउनुभएको हो त्यही ‘बुस्टर’ लगाउनुपर्छ ।”

 


Thali Mobile Pvt.Ltd.