भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

थप तीन हजार ७५ मा कोरोना सङ्क्रमण पुष्टि, काठमाडौँ उपत्यकामा मात्रै एक हजार ५३८

थप तीन हजार ७५ मा कोरोना सङ्क्रमण पुष्टि, काठमाडौँ उपत्यकामा मात्रै एक हजार ५३८

काठमाडौँ, । देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार ७५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या मङ्गलबार देखिएको नयाँ सङ्क्रमितभन्दा ६३१ ले बढी हो । उपत्यकाका तीन जिल्लामा आज एक हजार ५३८ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा एक हजार १२८, ललितपुर २३६ र र भक्तपुरमा १३४ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये नौ हजार ५१ को पीसीआर र तीन हजार ९८५ को एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा १३ हजार ३६ को नमूना परीक्षण गरिएको थियो । नौ हजार ५१ ले पीसीआर र तीन हजार ९८५ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये सङ्क्रमणदर २७ प्रतिशत छ । यही अवधिमा २७८ जना कोरोनाबाट निको भएका छन् । कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख १४ हजार ५७ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ६९० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा २२ र आइसियुमा ८७ जना रहेका छन् । होम आइसोलेसनमा १० हजार ९१०, संस्थागत आइसोलेसनमा ८८० र संस्थागत क्वारेन्टिनमा ६९५ रहेका छन् । सरकारले खोप कार्यक्रम विस्तारमा लागेको मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राले बताए । पुस मसान्तसम्म दुई तिहाइलाई खोप लगाउने लक्ष्य लिइएकामा बागमती र गण्डकी प्रदेशमा लक्ष्यअनुसार लगाइसकिएको उनले बताए । पहिले खोप लगाइसकेका नागरिकलाई माघ महिनाको पहिलो साताबाट ‘बुस्टर’ डोज लगाउन लागिएको उनले जानकारी दिए। उनले भने, “पहिले जुन खोप लगाउनुभएको हो त्यही ‘बुस्टर’ लगाउनुपर्छ ।”

 


Thali Mobile Pvt.Ltd.