भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि

थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/321610809264884/

थप ११ जना संक्रमितको मृत्यु
थप ११ जना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ । यसअघि १५ जनाको कोरोनाका कारण ज्यान गएको थियो । यसैगरी आइतबार ९ जनाको कोरोनाका कारण ज्यान गएको थियो । जसमा ३ जना महिला र ६ जना पुरुष थिए । काठकमाडौंकी ६५ वर्षीया २ जना र कास्कीकी ४५ वर्षीया एक महिला थिए ।

त्यसैगरी ६९, ५९ ,७०, ६४ र ५९ वर्षीय काठमाडौंका पाँच पुरुष तथा सिन्धुपाल्चोकका ५९ वर्षीय एक पुरुष थिए ।मन्त्रालयका यसअघि शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो । जसमा सुनसरीका ४३ वर्षीय पुरुष, पर्साकी ७८ वर्षीया महिला, काठमाडौंकी ७६ वर्षीय महिला तथा ५१ र ५४ वर्षीय पुरुष थिए ।

त्यसैगरी भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँकी ७६ वर्षीया महिला, स्यांजाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष, रुपन्देहीका ६० र ४० वर्षीय पुरुष गरी १४ जनाको कोरोनाले मृत्यु भएको थियो । त्यसैगरी शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा मोरङकी ४० वर्षीया महिला, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, काठमाडौंका ७० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुष गरी ५ जनाको मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.