बारा । चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका–१४ स्थित दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा अचानक चट्याङ लाग्दा ४२ वर्षीय धर्मप्रसाद राय चौधरी घाइते भए ।
डुमरवानास्थित स्थानीय डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ । टायर गाडामा बालुवा लोड गरिरहेको श्रमिक सोही ठाउँ बस्ने २७ वर्षीय तेतर माझी सामान्य घाइते भएका छन् । घाइतेको डुमरवाना स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
