भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

थप २३६४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय नाघ्यो

थप २३६४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय नाघ्यो

काठमाडौं । थप २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

उपत्यकामा थपिए १६१५ संक्रमित
काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना कोरोना संक्रमित भेटिएका हुन ।हालसम्म ५९ हजार २३४ जना कोरोना संक्रमित भएकोमा ४२ हजार ५०४ निको भएका छन् भने २०९ जनाको मृत्यु भएको छ ।

ललितपुरमा ८३५० संक्रमितमा ५८२२ जना निको भएका छन् भने ५८ जनाको मृत्यु भएको छ । भक्तपुरमा ५५१९ संक्रमित भएकोमा ४३८३ निको भएका छन् भने ६१ जनाको मृत्यु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.