भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

बेल्जियमद्वारा आइसल्यान्डमाथि ५–१ जित

बेल्जियमद्वारा आइसल्यान्डमाथि ५–१ जित

काठमाडौं ।  बेल्जियमले आइसल्यान्डमाथि ५–१ को जित हासिल गरेको छ ।  स्ट्राइकर मिचे बात्सुईको दुई तथा युवा खेलाडी जेरेमी डोकुले अन्तर्राष्ट्रिय डेब्यूमा गोल गरेसंगै बेल्जियमले आइसल्यान्डमाथि ५– १ को जित निकालेको हो । प्रमुख खेलाडी थिबाउट कोर्तुवा र इडेन हाजार्ड अनुपस्थित रहे पनि बेल्जियमले उनीहरूको अनुपस्थितिको अनुभव हुन दिएनन् । आइसल्यान्डले ११ औं मिनेटमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

होल्मबर्ट एरोन(फ्रिडजोनसनले गरेको गोलमा आइसल्यान्डले अग्रता लिएको थियो । त्यसको दुई मिनेट वित्न नपाउँदै एक्सेल विटसेल बराबरी गोल फर्काए । १७ औं मिनेटमा बात्सुईले गरेको गोलमा बेज्लियमले अग्रता लियो । ५०औं मिनेटमा द्रिइस मार्टेन्सले केभिन डी ब्रुयनाको पासमा गोल गरे। ६९औं मिनेटमा बात्सुईले व्यक्तिगत दोस्रो गोल गरे ।  ७९औं मिनेटमा १८ वर्षे डोकुले अर्को गोल थपे। उनले डी ब्रुयनाको पासमा गोल गरेका हुन्। डी ब्रुयना इङ्ल्यान्डको वर्ष खेलाडी घोषित भएका थिए ।

बेल्जियमले अघिल्लो खेलमा डेनमार्कलाई २(० ले पराजित गरेको थियो। यो जितसँगै बेल्जियम ६ अंकका साथ शीर्ष स्थानमा छ । चार अंक जोडेको इङ्ल्यान्ड दोस्रो स्थानमा छ भने डेनमार्क एक अंकका साथ तेस्रो स्थानमा छ । अंक जोड्न नसकेको आइसल्यान्ड चौथो स्थानमा छ । जितसँगै बेल्जियम युईएफए नेशन्स लिगमा समूह दुईको शीर्ष स्थानमा छ ।

 


Thali Mobile Pvt.Ltd.